बिहीबार, माघ ८, २०८२

एनएसएल : प्रशिक्षक यान लसहित विराटनगरका अफिसियल कारबाहीमा

नेपाल सुपर लिग (एनएसएल)को अनुशासन समितिले विराटनगरका प्रशिक्षक यान लसहित विभिन्न अफिसियललाई कारबाही गरेको छ।
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

काठमाडौं - नेपाल सुपर लिग (एनएसएल)को अनुशासन समितिले विराटनगरका प्रशिक्षक यान लसहित विभिन्न अफिसियललाई कारबाही गरेको छ।

National life

‘ललितपुर र विराटनगरबीचको खेलको फुटेज हेरेर र म्याच कमिसनलको रिपोर्टबाट एन्फा टेक्निकल कमिटीले विराटनगर सिटीलाई कारबाही गरेको छ,’ एनएसएलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यससँगै विराटनगर सिटीले एक लाख रूपैयाँ जरिबाना तिनुपर्ने भएको छ। एनएसएलले प्रशिक्षक र अफिसियलले खेलाडीलाई मैदानमा छोड्न प्रेरित गरेको भन्दै एनएसएलले जरिबाना गराएको हो।

विराटनगरले ललितपुरविरुद्धको खेलमा खेलको ७२औं मिनेटबाट ७९औं मिनेटसम्म खेलाडीलाई मैदानबाहिर बोलाएर खेल अवरुद्ध गराएको थियो। यद्यपि स्पेनिस खेलाडी पेड्रो मान्जी र सन्तोष तामाङ भने मैदानमा थिए।

त्यस्तै विराटनगरका प्रशिक्षकलाई एनएसएलले ५० हजार रूपैयाँ जरिबाना तिराएको छ। उनलाई एक सिजनका लागि प्रतिबन्ध गरेको छ।

Laxmi sunrise bank
kumari

खेलाडी मैदानबाहिर बोलाउन मुख्य भूमिका खेलेको र टचलाइन पार गरेका कारण उनी प्रतिबन्धमा परेका हुन्। उनले खेलका अफिसियलमाथि लगातार गाली गरेका थिए। मोर्डन फुटबलमा यो कुरा मान्य नहुने एनएसएलको विज्ञप्तिमा लेखिएको छ।

त्यस्तै विराटनगरका सोनम घले, निशान श्रेष्ठ, मिलन गुरुङलगायतका अफिसियललाई पनि तीन खेलमा प्रतिबन्ध लगाइएको छ।

प्रकाशित: May 26, 2021| 07:41 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।