बिहीबार, असार २५, २०८३

युनाइटेडको यो सिजन सफल रहेन : सोल्सायर

इंग्लिस प्रिमियर लिग (ईपीएल)को २०२०–२१ सिजनमा दोस्रो स्थानमा रहन सफल क्लब हो- म्यानचेस्टर युनाइटेड। यसअर्थमा युनाइटेडको यो सिजन सफल रह्यो। तर, प्रशिक्षक ओले गनर सोल्सायर त्यसलाई मन्न तयार छैनन्।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं – इंग्लिस प्रिमियर लिग (ईपीएल)को २०२०–२१ सिजनमा दोस्रो स्थानमा रहन सफल क्लब हो- म्यानचेस्टर युनाइटेड। यसअर्थमा युनाइटेडको यो सिजन सफल रह्यो। तर, प्रशिक्षक ओले गनर सोल्सायर त्यसलाई मन्न तयार छैनन्।

उसो त युनाइटेड युरोपा लिगको फाइनलसम्म पुग्यो। तर, उपाधि जित्न सकेन। उसले स्पेनिस टिम भिल्ला रियलसँग टाइब्रेकरमा ११–१० गोलको हार बेहोर्‍यो।

त्यति मात्र होइन लिगमा दोस्रो स्थानमा रहेको टिमले यो सिजन कुनै उपाधि जितेन। त्यसैले प्रशिक्षक सोल्सायरले यो सिजन सफल नभएको स्वीकार गरेका छन्।

‘भएन, तर म्यानचेस्टर युनाइटेडसँग अर्को वर्ष सफल हुने क्षमता छ,’ उनले सिजन सफल भयो भन्ने प्रश्नको जवाफमा भनेका छन्। बुधबार रातिको युरोपा लिगको फाइनल खेलमा युनाइटेडका किपर डेबिड डि जियाले पोनाल्टीमा गोल गर्न नसकेपछि उसले उपाधि गुमाएको थियो।

यससँगै युनाईटेड २०१७ यता उपाधिविहिन छ। २०१८ मा सोल्सायर युनाइटेडमा फर्किएपछि पनि टिमले उपाधि चुम्न सकिरहेको छैन।

‘हामीले यो भन्दा राम्रो गर्न सक्नु पर्छ। सुरुआत सहज भएन र प्रि सिजन खेल पनि थिएन। सुरुका ६ मध्ये तीन खेल गुमाए पनि समग्र सिजनमा राम्रो खेल्यौं, ’ सोल्सायरले भने।

उनले थपे, ‘हामीले लिगमा फोकस गर्यो। शीर्षस्थानको नजिक पुगिसकेका थियो। तर, जित्न सकेनौं। फेरि युरोपा फाइनलमा पुग्यौं। त्यो जितेको भए हाम्रो सिजन राम्रो हुने थियो।

तर, उनले आफूसँग बलियो र प्रतिस्पर्धि टिम भएको बताएका छन्। त्यस्तै, फरवार्ड मार्कस रासफर्डले आउँदो सिजनमा सबै कुरा राम्रो बताउने बताएका छन्।‘हामी अर्को सिजनमा अझै ठूलो सपनाका साथ आउनेछौ,’ रासफर्डले भने।

प्रकाशित: May 27, 2021| 05:26 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।