बिहीबार, माघ ८, २०८२

युभेन्टसका मुख्य प्रशिक्षक पिर्लो बर्खास्त 

सिरी ए मा लगातार ९ सिजन उपाधि जिते पनि यो सिजनमा चौथो स्थानमा सिमित बनेको युभेन्टसले प्रशिक्षक आन्द्रेय पिर्लोलाई बर्खास्त गरेको छ।
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं- सिरी ए मा लगातार ९ सिजन उपाधि जिते पनि यो सिजनमा चौथो स्थानमा सिमित बनेको युभेन्टसले प्रशिक्षक आन्द्रेय पिर्लोलाई बर्खास्त गरेको छ। युभेन्टसले आज (शुक्रबार) एक सूचना जारी गर्दै मुख्य प्रशिक्षकमा नियुक्त गरेको एक वर्षमै पिर्लोलाई बर्खास्त गरेको हो। 

National life

त्यसअघिका माउरिजियो सारीलाई हटाउँदै यू–२३ टिमका प्रशिक्षक रहेका ४२ वर्षे पिर्लोलाई युभेन्टसले मुख्य प्रशिक्षक बनाएको थियो। तर, उनको रणनीतिमा युभेन्टसले २०१२ पछि पहिलो पटक उपाधि जित्नबाट चुक्यो। चौथो स्थानमा सिमित बन्यो। अब मासिमिलियानो एलेग्रीलाई क्लबको प्रशिक्षकको रुपमा हेर्न थालिएको छ। तर अहिलेसम्म युभेन्टसले उनलाई प्रशिक्षकको रुपमा अनुबन्ध भने गरेको छैन। यससँगै उनी पुनः क्लबमा आउने छन्।

उनले २०१४ देखि २०१९ सम्म लगातार पाँच पटक युभेन्टसलाई इटालियन च्याम्पियन बनाएका थिए। साथै उनले युभेन्टसलाई दुई पटकसम्म च्याम्पियन्स लिग फाइनलसम्म पुर्‍याएका थिए। उनी अहिले कुनै टिमको पनि चार्जमा छैनन्। यता युभेन्टसले जारी गरेको सूचनामा लेखेको छ, ‘धन्यवाद आन्द्रेय, हामी आपसमा यति समय विताएपछि यति भन्नै पर्छ।’ क्लबले प्रशिक्षकको भूमिका, प्रेरणा र प्यासनलाई धन्यवाद भनेको जनाएको छ।

पिर्लोले २०११ देखि २०१५ सम्म युभेन्टसका लागि १६४ खेल खेलेका थिए। र लगातार सिरी ए जितेका थिए। उनले एसी मिलानमा लामो समय विताएर दुई च्याम्पियन्स लिग र दुई घरेलु लिग जितेर युभेन्टसमा पुगेका थिए। त्यस्तै, उनले राष्ट्रिय टिमबाट पनि ११६ क्याप जितेका छन्।

जसले इटालीलाई २००६ को विश्वकप जित्न सहयोग गरेको थिए। उनले खेल जिवनबाट २०१७ मा संन्यास लिएका थिए। उनले प्रशिक्षकका रुपमा युभेन्टसलाई कोपा इटालिया जिताए पनि आफ्नो प्रशिक्षकको जिम्मेवारी सुरक्षित गर्न सकेनन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 28, 2021| 11:31 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।