बिहीबार, माघ ८, २०८२

कप्तान रामोस युरोकप खेल्ने स्पेनको टिम बाहिर

आउँदो जुन ११ बाट युरोपका विभिन्न ११ सहरमा हुने युरोकप २०२० मा स्पेनिस सेन्टर ब्याक सर्जियो रामोस खेल्न नपाउने भएका छन्।
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं - आउँदो जुन ११ बाट युरोपका विभिन्न ११ सहरमा हुने युरोकप २०२० मा स्पेनिस सेन्टर ब्याक सर्जियो रामोस खेल्न नपाउने भएका छन्।

National life

प्रशिक्षक लुई एनरिकले सोमबार जारी गरेको २६ खेलाडीको स्क्वाडमा रामोस अटाउन सकेका छैनन्। यससँगै उनको युरोकप उपस्थितिमा ब्रेक लागेको हो।

उनी स्पेनका सर्वाधिक क्याप जित्ने सक्रिय खेलाडी हुन्। उनले गएको मार्च सम्ममा १८० क्याप जितेका छन्।

२०१२ मा स्पेनले युरोकप जित्दा रामोस टिमका मुख्य सदस्य थिए। अहिले उनी स्पेनिस टिमका कप्तानसमेत हुन्। तर, अहिले घुँडाको चोटको कारण संघर्ष गरिरहेको उनलाई टिममा नपरेको प्रशिक्षक एनरिक बताउँछन्।

उनले मार्चयता एक मात्र खेल खेलेका छन्। त्यस्तै २०२१ मा पनि सात खेल मात्र खेलेका छन्। 

Laxmi sunrise bank
kumari

यसले उनी खेलका लागि निकै अनफिट छन् भन्ने देखाउँछ। उनी टिममा नपरेसँगै अहिले रियल मड्रिडका कुनै खेलाडी टिममा परेका छैनन्।

रामोस फिफा विश्वकप छनोटमा परेर युरोपेली छनोट खेलेका थिए। त्यतिबेला पनि उनी ग्रिससँग बराबरी खेलेपछि सब्स्टिच्युट भएका थिए भने कोसोभोविरुद्ध खेलको बीचमा मात्र मैदान छिरेका थिए।

त्यसपछि उनी क्लब फुटबलअन्तर्गत च्याम्पियन्स लिगको सेमिफाइनलमा मात्र मैदानमा देखिएका थिए। त्यो खेलमा चेल्सीले रियल मड्रिडलाई हराएको थियो।

उनले आफू टिममा नपर्दा दुःख लागेको बताएका छन्। साथै आफू नभए पनि टिमले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्। यता प्रशिक्षक एनरिकले पनि रामोसलाई टिममा नलिनु अप्ठ्यारो निर्णय रहेको स्वीकार गरेका छन्।

तर, उनले बेस्ट अफ दी बेस्ट खेलाडी छनोट गरेको बताएका छन्। स्पेन युरोकपको समूह ई अन्तर्गत पोल्यान्ड, स्लोभाकिया र स्विडेनसँग छ।

यता रियलकै फरवार्ड करिम बेञ्जिमा भने २०१५ पछि पहिलोपटक फ्रान्सको टिममा परेका छन्। २०१६ को युरोकप गुमाएका बेञ्जिमाले यो वर्षको प्रतियोगिता खेल्न पाउने छन्।

उनी २०१५ मा सेक्सटेप प्रकरणमा फसेपछि टिममा पर्न छाडेका थिए। फ्रान्स टिम युरोकपको पोर्चुगल, फ्रान्स र हंगेरीसँग समूम एफमा छ।

प्रकाशित: May 25, 2021| 03:19 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।