बिहीबार, माघ ८, २०८२

टोक्यो गेम्स ‘ओलम्पिक भाइरस’ बन्न सक्ने चिकित्सकको चेतावनी

जापनिज डक्टर्स युनियनका प्रमुख नओटो उयमाले यो समरमा आयोजना गरिएको टोक्यो ओलम्पिकले कोरोना भाइरसको अझै डरलाग्दो र आपतकालीन अवस्था सिर्जना गर्न सक्ने बताएका छन्।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं- जापनिज डक्टर्स युनियनका प्रमुख नओटो उयमाले यो समरमा आयोजना गरिएको टोक्यो ओलम्पिकले कोरोना भाइरसको अझै डरलाग्दो र आपतकालीन अवस्था सिर्जना गर्न सक्ने बताएका छन्।
उनले बिहीबार आफ्नो धारणा सर्वाजनिक गर्दै ओलम्पिकमा विश्वका दशौं हजार मानिस सहभागी बन्ने र कोरोना भाइरस सर्ने खतरा बढ्ने बताएका हुन्।

National life

२०२० मा तोकिएको प्रतियोगिता गत वर्ष स्थागित भएपछि स्थानीय आयोजक र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले यो वर्ष गर्ने तयारी गरिरहेको छ।

यो वर्षको जुलाई २३ बाट जापानको टोक्योमा प्रतियोगिता सुरु हुँदै गर्दा विश्वका खेलाडी, अफिसियल, ब्रोडकास्टिङ टिम र खेलसम्बद्ध अधिकारी त्यसतर्फ जान सुरु हुनै लागेको छ।

यता आयोजकले भने खेललाई सुरक्षित रहेको दाबी गर्दै आएको छ। त्यसैले उनीहरुले प्रतियोगिता तोकिएको समयमा सुरु हुने बताइरहेका छन्। आयोजकले विदेशी दर्शकलाई खेलमा प्रतिबन्ध लगाएका छ। त्यस्तै, घरेलु समर्थकको विषयमा अर्को महिना धारणा सार्वजनिक गर्ने विश्वास गरिएको छ।

तर घरेलु समर्थनले पनि प्रतियोगितालाई सुरक्षित मानेका छैनन्। जापानमा ५ प्रतिशत मानिसलाई मात्र कोभिड १९ विरुद्धको खोप लगाइएको छ। अब आठ हप्ता पछि २०० देश र ठाउँका मानिस जापान पुग्नेछन्।

Laxmi sunrise bank
kumari

‘यो संख्याको उपस्थितिले खतरा उत्पन्न गर्दछ,’ डक्टर्स युनियनका प्रमुख नओटो उयमाले भनेका छन्।
उनले थपे,‘विश्वका विभिन्न ठाउँमा भिन्नभिन्न खालका भाइरस पाइएको छ। ती सबै ठाउँका मानिस यहाँ आएमा नयाँ म्युटेन्ट पैदा हुने शंका नगर्न सकिँदैन।’

यदि साँच्चै त्यस्तो भएमा टोक्यो ओलम्पिक नयाँ म्युटेन्ट उत्पन्न हुने ठाउँको रुपमा मात्र चिनिने उनको दाबी छ। ओलम्पिकमा यस्तो भएमा आगामी १०० वर्षसम्म टोक्यो ओलम्पिकको आलोचना हुने उयमान बताउँछन्।

यता जापानको भ्याक्सिनेसनमा भाग लिएका किंग्स कलेज लन्डनका जनसंख्या र स्वास्थ्य डाइरेक्टर केन्जी शिबुयाले भ्याक्सिनेसनको मात्रा कम भएकाले नयाँ म्युटेन्ट आउने सम्भावना कम रहेको बताएका छन्।

‘नयाँ म्युटेन्टका लागि आंशिक इम्युनिटाइज भएको मानिसमा लामो समयसम्मका लागि भाइरस रहनु पर्छ। त्यो ओलम्पिकमा सम्भव छैन। जापनको अवस्था त ओलपिम्कमा भन्दा अहिले खराब छ,’ उनले भने।
जापान सरकारले अहिले स्टेट अफ इमरजेन्सी लामो बनाउनेबारे सोचिरहेको छ।

प्रकाशित: May 27, 2021| 11:02 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।