बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • राम्रो नतिजा नआए खेलाडीलाई गाली नगरिदिनु, मलाई गर्नू : अल्मुताइरी

राम्रो नतिजा नआए खेलाडीलाई गाली नगरिदिनु, मलाई गर्नू : अल्मुताइरी

नेपाली राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सामाजिक सञ्जालमा गरिएको आलोचना र समर्थनको जवाफ दिँदै सबैलाई धैर्यता कामय राख्न आग्रह गरेका छन्।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं - नेपाली राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सामाजिक सञ्जालमा गरिएको आलोचना र समर्थनको जवाफ दिँदै सबैलाई धैर्यता कामय राख्न आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जालकको प्रतिकृयाबारे भने, ‘म तपाइहरूलाई धैर्य गर्नका लागि अनुरोध गर्दछु।’

अल्मुताईले अब नेपाली टिमलाई डिफेन्सिभ नखेलाउने र अक्रामक खेल खेलाउने बताउँदै खाएका छन्। विश्वकप क्वालिफायरमा आफू भन्दा बलियो ठानिएका जोर्डन र अष्ट्रेलियाविरुद्ध पनि आक्रमक रुपमा आफ्नो टिमलाई प्रस्तुत गरिने उनले बताए।

'हामीले नयाँ रणनीतिका साथ फुटबल खेल्दैछौं। नयाँ शैली र त्यसको कार्यान्वयन सुरुमा केही गाह्रो नै हुन्छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

अल्मुताइरीले कुनै पनि समर्थकले खेलाडीलाई  दबाब पर्ने काम नगर्न अनुरोध गरेका छन्। उनले आफू राम्रो फुटबल खेलाउन नेपाल आएको बताएका छन्।

‘यदी नजिता राम्रो पक्षमा आएन भने खेलाडीलाई दोष नदिनु। मलाई दोष दिनु,’ उनले लेखेका छन्।

प्रकाशित: May 27, 2021| 07:08 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।