बिहीबार, माघ ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ओलम्पिक सुरु हुनुभन्दा महिना दिनअघि अमेरिकाले गर्‍यो जापान जान कडाइ

ओलम्पिक सुरु हुनुभन्दा महिना दिनअघि अमेरिकाले गर्‍यो जापान जान कडाइ

संयुक्त राज्य अमेरिकाले जापान जाने नागरिकका लागि कडाइ गर्न थालेको छ।
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं - संयुक्त राज्य अमेरिकाले जापान जाने नागरिकलाई कडाइ गर्न थालेको छ। जापानमा कोभिड-१९ को महामारी फैलिन थालेपछि उसले त्यता जाने आफ्ना नागरिकलाई कडाइ गरेको हो।

National life

यता यूएस ओलम्पिकका अधिकारीहरूले आफ्ना खेलाडीले सुरक्षितपूर्वक ओलम्पिकमा भाग लिने बताइसकेका छन्। जापानले पनि यसअघि नै अन्तर्राष्ट्रिय समर्थकलाई प्रतियोगितामा सहभागी नगराउने बताउँदै आइसकेको छ।

जापानमा पहिलो लहर सुरु भएको धेरै पछिसम्म पनि कोभिडको जोखिम निकै कम थियो। तर, पछिल्लो समयमा संक्रमितको संख्या बढिरहेको छ।

अहिले जापानमा सात लाखभन्दा धेरैको संख्यामा मानिसहरू संक्रमित भइसकेका छन्। त्यस्तै, १२ हजारले ज्यान गुमाइसकेका छन्।

यूएसको रोग नियन्त्रयण केन्द्रले भनेको छ, ‘यात्रुहरूले जापान जानुपर्ने कुनै प्रकारका यात्रा नगर्नुहुन अनुरोध गरिन्छ। भ्याक्सिन लगाएका मानिसबाट पनि नयाँ भेरिएन्टको कोभिडवाहक बन्न सक्ने भएकाले उनीहरूलाई पनि यात्रा नगर्न अनुरोध गरिन्छ।’

Laxmi sunrise bank
kumari

विश्वव्यापि रुपमा फैलिएको महामारीका कारण अमेरिकाले १५१ भन्दा धेरै दशमा यात्रा प्रतिबन्ध लगाइसकेको छ। यता जापानले पनि बाह्य पर्यटक र व्यवसायीलाई जापान जानमा प्रतिबन्ध लगाएको छ।

उसले अपवादको अवस्थाबाहेक अमेरिकाबाट आफ्नो देशमा प्रवेश गर्न पनि प्रतिबन्ध लगाएको छ। जापानमा अहिले आपतकालीन अवस्था घोषणा गरिएको छ।

यता आउँदो जुलाई २३ बाट ओलम्पिक सुरु हुँदैछ।

प्रकाशित: May 25, 2021| 07:44 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।