बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • कल्पनाले वाइल्ड कार्ड पाएपछि चार नेपाली खेलाडीले टोक्यो ओलम्पिक खेल्ने पक्का

कल्पनाले वाइल्ड कार्ड पाएपछि चार नेपाली खेलाडीले टोक्यो ओलम्पिक खेल्ने पक्का

सुटिङकी खेलाडी कल्पना परियारले वाइल्ड कार्डमार्फत् आउँदो टोक्यो ओलम्पिक २०२० मा सहभागिता जनाउने भएकी छन्।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं – सुटिङकी खेलाडी कल्पना परियारले वाइल्ड कार्डमार्फत् आउँदो टोक्यो ओलम्पिक २०२० मा सहभागिता जनाउने भएकी छन्। उनले शुक्रबार वाइल्ड कार्ड प्राप्त गरेकी हुन्।

अब उनले टोक्यो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। उनले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन्।

उनीअघि एथ्लेटिक्सका गोपिचन्द्र पार्की, पाैडीकी गौरिका सिंह, एलेक्स साहले पनि टोक्यो ओम्पिकका स्थान बनाइसकेका छन्। तर, बाँकी केही खेलाडीको पनि वाइल्ड कार्डबाट टोक्यो ओलम्पिकको सम्भावना कायमै छ।

कोभिड-१९ को महामारीका कारण नेपालले छनोट प्रतियोगितामा सहभागी बन्न नसकेपछि नेपालको विकल्प वाइल्ड कार्ड बनेको थियो।

टोक्यो ओलम्पिक आउँदो जुलाई २३ बाट अगस्ट ८ सम्म जापानको टोक्यो सहरमा आयोजना हुँदैछ।

प्रकाशित: May 29, 2021| 02:39 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।