काठमाडौं - युरोपा लिगको बुधबार राति समपन्न फाइनल खेलमा म्यानचेस्टर युनाईटेडलाई हराउँदै भिल्ला रियलले उपाधि जितेको छ।
पोल्यान्डको जिगन्सक रंगशालामा भएको खेलमा इंग्लिस क्लब युनाटेड र स्पेनिस क्ल्ब भिल्ला निर्धारित र अतिरिक्त समयमा बराबरी गरेपछि खेल पेनाल्टीबाट टुंगो लागेको थियो।
खेलको २९औं मिनेटमा भिल्लाका गेरार्ड मोरेनोले र ५५औं मिनेटमा एडिसन काभानीले गोल गरेपछि खेल १–१ गोलको बराबरी भएको थियो। ६१ प्रतिशत समय बलमा नियन्त्रण बनाएको युनाइटेडले १४ प्रहार गरे पनि भिल्लाका डिफेन्डरबाट दुई बलमात्र अघि बढ्न सकेको थियो।
यता भिल्लाले पनि १२ पटक अट्याकको प्रयास गर्यो। त्यसमा एकबाहेक सबै प्रयास निस्तेज भए। थपिएको ३० मिनेटमा पानि गोल नभएपछि खेल सडन डेथबाट टुंगो लगाइएको थियो।
सडन डेथमा दुवै टिमका सबै २० प्रहार गोलमा परिणत भएपछि भिल्ला र युनाइटेडका गोलकिपरले पनि पेनाल्टी प्रहार गर्ने अवसर पाएका थिए।
भिल्लाका किपरले गरेको प्रहार सफल भए पनि युनाइटेडका डेबिड डि गियाको प्रहार गोलमा परिणत हुन नसकेपछि भिल्लाले ११–१० को अग्रता बनाउँदै उपाधि जित्यो।
भिल्लाले सेमिफाइनलमा अर्को इंग्लिस क्लब आर्सनललाई हराउँदै पहिलो पटक फाइनल प्रवेश गरेको थियो। र, उसको पहिलो फाइलन यात्रा नै सफल भएको छ।
यि दुई क्लबले युरापियन कपमा यसअघि बराबीको प्रतिस्पर्धा गरेका थिए। दुई क्लबको पछिल्ला चार खेल गोलरहित बराबरी मात्र भएको थियो। त्यसैले दुवै क्लबले खेल सुरु गर्दा बराबरीको अवस्थामा थिए।
म्याचेस्टरको इतिहासमा, उसले गोल नगरी सबैभन्दा धेरै पटक खेलेको टिम नै भिल्लारियल थियो। तर, सात युरोपियन पाइनल खेलेर पाँच पटक जित निकालेको युनाईटेडको आठौं फाइनल भने असफल भएको छ। युनाइटेड इंग्लिस क्लबमा लिभरपुल(१४) पछि दोस्रो धेरै पटक युरोपियन फाइनल खेल्ने टिम हो।
उसले च्याम्पियन्स लिग फाइनल २००८–०९ र २०१०–११ म दुवै पटक बार्सिलोनासँग हारेको थियो भो बाँकि फाइनल जितेको थियो। तर, फेरि एकपटक स्पेनिस टिमसँगै युनाइटेडले हार बेहोरेको छ।
यता भिल्लारियल भने पहिलोपटक युरापियन लिगको फाइनलमा पुगेको थियो। यससँगै भिल्ला युरोपियन कपको फाइनलमा पुग्ने ११ औं स्पेनिस क्लब बनेको थियो। भिल्लाका प्रशिक्षक उनै एमरीले भने विभिन्न क्लबबाट चौथो पटक उपाधि जितेका छन्। उनले २०१६ मा पहिलो उपाधि जितेका थिए।