बिहीबार, असार २५, २०८३

युभेन्टसले च्याम्पियन्स लिग खेल्ने

इटालियन सिरी ए मा शीर्ष चौथो स्थानका लागि प्रतिस्पर्धा गरिरहेको युभेन्टसले अर्को सिजनको च्याम्पियन्स लिग खेल्न पाउने भएको छ।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं - इटालियन सिरी ए मा शीर्ष चौथो स्थानका लागि प्रतिस्पर्धा गरिरहेको युभेन्टसले अर्को सिजनको च्याम्पियन्स लिग खेल्न पाउने भएको छ।

सिरी ए अन्तर्गत अन्तिम खेलमा उसले बोलोग्नालाई ४–१ गोल अन्तरले हराएपछि चौथो स्थान रक्षा गर्न सकेको हो। यता अर्को बलियो टिम नापोलीले बराबरी खेल्नु नापोलीका लागि दुभार्ग्य रह्यो भने युभेन्टसका लागि सौभाग्य सावित भयो।

अन्तिम चरणको खेल हुनुअघि चौथो स्थानको नापोलीको ७६ अंक थियो भने पाँचौ स्थानको युभेन्टसको ७५ अंक थियो। अन्तिम खेलमा नापोलीले जित निकालेको खण्डमा युभेन्टसको च्याम्पियन्स लिगमा पुग्ने अवसर समाप्त हुने थियो।

तर, नापोलीले अन्तिम खेलमा वेरोनासँग १–१ गोलको बराबरी खेलेको छ। बराबरीसँगै उसले ७७ अंक बनायो भने युभेन्टसले ७८ अंक बनायो।

डिफेन्डिङ च्याम्पियन युभेन्टसले २३ जित, ९ बराबरी र ६ हारका साथ ७८ अंक बनाएको हो। जहाँ उसले ७७ गोल गर्‍याे भने ३८ गोलको सामना गर्‍याे। युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो सिरी ए का सर्वाधिक गोलकर्ता बनेका छन्।

यससँगै सिरी ए बाट इन्टर मिलान, एसि मिलान, एटलान्टा र युभेन्टस च्याम्पियन्स लिगमा पुगेका छन्। यता पार्मा,क्रोटोन र बेनिभेन्टो भने रेलिगेट भएका छन्।

प्रकाशित: May 24, 2021| 01:20 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।