बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोपा लिग फाइनल : उपाधिका लागि म्यानचेस्टर युनाइटेड र भिल्लारियल भिड्दै

युरोपा लिग फाइनल : उपाधिका लागि म्यानचेस्टर युनाइटेड र भिल्लारियल भिड्दै

युरोपा लिगका फाइनल खेल आज राति सभा ४५ बजे हुँदैछ। आज राति हुने पोल्यान्डको जिगन्सक रंथशालामा हुने खलमा उपाधिका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाटेड र स्पेनिस क्ल्ब भिल्ला रियल उपाधि दौडमा हुनेछन्।
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

काठमाडौं – युरोपा लिगका फाइनल खेल आज राति सभा ४५ बजे हुँदैछ। आज राति हुने पोल्यान्डको जिगन्सक रंथशालामा हुने खलमा उपाधिका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाटेड र स्पेनिस क्ल्ब भिल्ला रियल उपाधि दौडमा हुनेछन्।

भिल्लाले सेमिफाइनलमा आर्सनललाई हराउँदै फानल प्रवेश गरेको थियो। त्यस्तै, म्यानचेस्टर युनाइटेडले सेमिफाइनलमा रोमालाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो।

यि दुई क्लबले युरापियन कपमा पाँचौ पटक प्रधिस्पर्धा गर्न लागेका हुन्। यि दुई क्लबले पछिल्ला चार खेल गोलरहित बराबरी खेलेका छन्। तर ति सबै खेल उनीहरुले च्यम्पियन्स लिगमा खेलेका थिए।

म्याचेस्टरको इतिसमा, उसले गोल नगरी सबैभन्दा धेरै पटक खेलेको टिम नै भिल्लारियल हो। आजको खेल प्रिमियर क्लब युनाइटेडका लागि निकै महत्वपूर्ण छ। किनेभने आजको खेल युनाइटेडको आठौं मूख्य युरोपियन फाइनल हो। जुन इंग्लिस क्लबमा लिभरपुल(१४) पछि दोस्रो धेरै हो।

पछिल्ला सात फाइनलमा युनाइटेडले पाँच फाइनल जितिसकेको छ। उसले च्याम्पियन्स लिग फाइनल २००८–०९ र २०१०–११ म दुवै पटक बार्सिलोनासँग हारेको थियो।

यता भिल्लारियल भने पहिलोपटक युरापियन लिगको फाइनलमा पुगेको हो। उसले सेमिफाइनल जितेपछि नै क्लबको एउटा इतिहास बनाइसकेको छ। त्यसैले भिल्ला आजको खेलमा जित निकाल्दै यो सिजनका क्लबको इतिहासमा स्वर्णीम बनाउन चहान्छ।

भिल्ला युरोपियन कपको फाइनलमा पुग्ने ११ औं स्पेनिस क्लबसमेत हो। पछिल्लो समय स्पेनिस जायन्ट रियल मड्रिरडविरुद्ध पनि लिग गरेको भिल्लारियलले सेभिया, भालाडोलिडलगायका क्लबलाई हराएको छ। त्यसैले उसको खेल मनोबल पनि उच्च फर्ममा छ।

तर यदी आजको खेलमा युनाइटेडले जित निकाल्न सके च्याम्पियन्स लिगबाट इलिमिनेट भएरर युरापा लिग जित्ने नवौं क्लब हुनेछ। युरोपा लिग वा यूईएफए कपका २२ सिजनमा विभिन्न आठ सिजन च्याम्पियन्स लिगबाट बाहिरिएका क्लबले जितका छन्।

युरोपा लिगमा १९९९–२००० बाट यो प्रणाली भित्र्याइएको थियो। यसअघि २०१८ मा त्यसै गरि एट्लेटिमको मड्रिडले पनि उपाधि जितेको थियो।

प्रकाशित: May 26, 2021| 11:49 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।