बिहीबार, असार २५, २०८३

यी हुन् च्याम्पियन्स लिगमा सहभागी हुने टिम

युरोपेली शीर्ष फुटबल लिगहरुबाट अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने टिमहरुको टुंगो लागेको छ।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं– युरोपेली शीर्ष फुटबल लिगहरुबाट अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने टिमहरुको टुंगो लागेको छ।

पछिल्लो हप्ताको विकिन्डका खेलहरु आइतबार राति सकिएसँगै च्याम्पियन्स लिग खेल्न टिमको टुंगो लागेको हो। २०२०–२१ को सिजनमा प्रतिस्पर्धात्मक भएको अवस्थामा लिगका अन्तिम खेलबाट मात्र शीर्ष स्थानका टिमहरुको टुंगो लागेको हो।

इंग्ल्यान्डको इंग्लिस प्रिमियर लिगको विजेता बन्दै म्यानचेस्टर सिटी सहभागी बन्ने भएको छ। त्यस्तै, म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सीले पनि च्याम्पियन्स लिग खेल्नेछ।

स्पेनिस ला लिगाको च्याम्पियन भएको एट्लेटिको मड्रिडले च्याम्पियन्स लिग खेल्नेछ भने रियल मड्रिड, बार्सिलोना र सेभियाले पनि युरोपको शीर्ष प्रतिस्पर्धा खेल्नेछ।

त्यस्तै, इटालिको सिरी ए विजेता इन्टर मिलानसँगै एसि मिलान, एटलान्टा र युभेन्टसले च्यासम्पियन्स लिग खेल्नेछन्।
जर्मनको बुन्डेसलिगा विजेता बन्दै बायर्न म्युनिखसँगै आरबी लाइप्जिक, बोरुसिया डर्टमन्ड र वुल्भ्सबर्गले पनि च्याम्पियन्स लिग खेल्नेछ।

यी चार देशबाट समान ४–४ टिम च्याम्पियन्स लिगमा पुग्नेछन् भने फ्रान्सको लिग वानबाट तीन टिम छनोट हुनेछन्। लिग वानको विजेता भएको लिल्लले च्याम्पियन्स लिग खेल्नेछ भने पीएसजी र लियोनले पनि प्रतियोगिता खेल्नेछ।

त्यस्तै, पोर्चुगलको प्रिमियर लिगको विजेता बनेको स्पोर्टिङ क्लब र उपविजेता पोर्टोले च्याम्पियन्स लिग खेल्नेछ। रसियन लिग विजेता जेन्ट सेन्ट र डट विजेता आयाक्सले पनि च्याम्पियन्स लिगको समूह चरणबाट खेल्नेछन्।
त्यस्तै, बेसिकट्स, डायनामा किव, क्लब ब्रुग पनि सहभागी बन्नेछन्।

साथै बाँकी टिमहरुको छनोट भने च्याम्पियन्स लिगको क्वालिफायरबाट हुनेछ। जहाँ बाँकी युरोपेली देशका लिगविजेता टिमले छनोट खेल्न पाउनेछन्। यदि यो सिजनका युरोपा लिगमा भिल्ला रियलले जित निकाल्न सके ऊ पनि च्याम्पियन्स लिगमा पुग्नेछ। युरोपा लिगको विजेतालाई च्याम्पियन्स लिगको समूह चरणमा स्थान सुरक्षित गरिएको छ।

युरोपा लिगको फाइनल खेल्ने अर्को टिम म्यानचेस्टर युनाइटेडले भने च्याम्पियन्स लिगमा स्थान बनाइसकेको छ।
यता जारी सिजनको च्याम्पियन्स लिगको फाइनलका प्रतिस्पर्धि दुवै टिम चेल्सी र म्यानचेस्टर सिटीले अर्को सिजनको समूह चरणमा स्थान बनाइसकेका छन्।

प्रकाशित: May 24, 2021| 08:37 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।