बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ईपीएल : हारका बाबजुद चेल्सी अन्तिम चारमा, लिभरपुल तेस्रो स्थानमा

ईपीएल : हारका बाबजुद चेल्सी अन्तिम चारमा, लिभरपुल तेस्रो स्थानमा

आइतबार रातिको खेलमा हारका बाबाजुद चेल्सी इंग्लिस प्रिमियर लिगको चोथो स्थानमा रहन सफल भएको छ।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं  – आइतबार रातिको खेलमा हारका बाबाजुद चेल्सी इंग्लिस प्रिमियर लिगको चोथो स्थानमा रहन सफल भएको छ।

तेस्रो स्थानको चेल्सीले आइतबार राति एस्टन भिल्लाको मैदानमा घेरेलु टिमसँग २–१ गोलको हार बेहोरे पनि चौथो स्थानमा रहँदै च्याम्पियन्स लिगमा प्रवेश गर्न सफल भएको हो।

चेल्सीका बेन चिलबेलले अन्तिम सायमा एक गोल पर्काए पनि चेल्सीले जित निकाल्न सकेन। यता एक खेल अघि ईपीएलको चौथो स्थानमा रहेको लेस्टर सिटीले शनिबार रातिको खेलमा टोटेनहमसँग ४–२ गोलको हार बेहोरिसकेको थियो।

त्यसले पाँचौ स्थानमा रहेको लिभरपुलको च्याम्पियन्स लिग पुग्ने आशा जिवित बनाएको थियो। त्यसैको फाइदा उठाउँदै लिभरपुलले गएरातिको खेलमा क्रिस्टल प्यालेसविरुद्ध २–० गोलको जित निकाल्दै तेस्रो स्थान सुरक्षित गरेको छ। 

लिभरपुलको लागि दुवै गोल साडियो मानेले गरे।

धेरै उचारचढापूर्ण रहेको २०२०–२१ को ईपीएलको उपाधि भने च्यानचेस्टर सिटीले जितिसकेको छ। सम्पूर्ण खेलपछि सिटीले ८६ अंक बनाएको छ भने दोस्रो स्थानमा चित्त बुझाएको म्यानचेस्टर युनाइटेडको ७४ अंक छ।

गएरातिको खेलपछि तेस्रो स्थान सुरक्षित गरेको लिभरपुलको ६९ अंक हुँदा चेल्सीको ६७ अंक छ।

यो सिजनमा टोटेनहमका ह्यारी केन लिगका सर्वाधिक गोलकर्ता बनेका छन्। उनले २४ गोल गरे। दुई गोल कम गरेका लिभरपुलका मोहम्मद सलाह दोस्रो स्थानमा छन् भने १८ गोल गरेका ब्रुनो फर्नान्डेस तेस्रो स्थानमा छन्।

प्रकाशित: May 24, 2021| 01:52 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।