बिहीबार, असार २५, २०८३

पीएसजीलाई पछि पार्दै लिल्लले जित्यो लिग वानको उपाधि

फ्रान्सको शीर्ष डिभिजन फुटबल लिग वानको डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई एक अंकले पछि पार्दै लिल्लले उपाधि जितेको छ।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं - फ्रान्सको शीर्ष डिभिजन फुटबल लिग वानको डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई एक अंकले पछि पार्दै लिल्लले उपाधि जितेको छ।

आइतबार रातिको अन्तिम खेलमा लिल्लले एन्जर्सलाई २–१ गोलले हराएपछि उसले उपाधि जितेको हो।

यता एक अंकले पछि परेको पीएसजीले भने दोस्रो स्थानमा चित्त बुझाएको छ। सिजनको खराब सुरुआत गरेको पीएसजीले च्याम्पियन्स लिगको यात्रा पनि सेमिफाइनलबाटै अन्त्य गरेको थियो।

तर, उसले यो वर्ष फ्रेन्च कपको भने उपाधि जित्न सक्यो। उसले फाइनलमा मोनाकोलाई २-० गोलले पराजित गर्दै उपाधि जितेको हो।

उपाधिका लागि निकै पेचिलो फाइट भएको लिग वानमा पीएसजीले २६ जित र चार बराबरीका साथ ८२ अंक मात्र बनाएपछि उपाधिबाट चुकेको थियो। उसले सिजनभर ८६ गोल गर्‍याे भने २८ गोलको सामना गर्‍याे। 

त्यस्तै शीर्षस्थानको लिल्लले २४ जित र ११ बराबरीका साथ तीन खेलमा मात्र हार बेहोर्‍याे र ८३ अंक बटुल्यो। उसले सिजनभर ६४ गोल गरेर २३ गोलको सामना गरेको थियो।

पीएसजीले फरवार्ड केलियन एम्बाप्पे लिगमा सर्वाधिक गोलकर्ता बनेका छन्।

प्रकाशित: May 24, 2021| 00:54 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।