बिहीबार, असार २५, २०८३

राष्ट्रिय टिमका सबै खेलाडी कोरोना नेगेटिभ, आज इराक जाने

फिफा विश्वकप छनोट, एसिया छनोट र इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने सबै खेलाडीको कोरोना परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ।
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं – फिफा विश्वकप छनोट, एसिया छनोट र इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने सबै खेलाडीको कोरोना परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ।

गत सोमबार स्वाब परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको हो। योसँगै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छानेका २३ खेलाडी नै विश्वकप छनोट खेल्नका लागि जान पाउने छन्।

नेपाली टिम १२ अफिसियलका लागि आज राति १० बजे कतार एयसवेजबाट इराक प्रस्थान गर्ने राष्ट्रिय टिमका व्यवस्थापक मधुसुधन उपाध्यायले बताए।

अब नेपालले इराकसँग २९ मे मा मैत्रीपूर्ण खेल खेल्नेछ। त्यस्तै, विश्वकप छनोटको समूह चरणको खेलमा चाइनिज ताइपेईसँग जुन ३ मा, जोर्डसनसँग जुन ७ मा र अष्ट्रेलियासँग जुन ११ मा खेल्नेछ।

विश्वकप छनोटका सबै खेल कुवेतमा हुनेछन्। नेपालले पहिलो लेगका सबै खेल अवे मैदानमा खेलिसकेको थियो।

त्यस्तै, सागका लागि तयार हुँदै गरेको अवस्थामा दशरथ रंगशालामा खेल हुन नसकेपछि कुवेतसँगको होम गेम पनि नेपालले भुटानमा खेलेको थियो। नेपालले बाँकि होम गेम भने कुवेतमा खेल्नुपर्ने छ।

एक जितका साथ तीन अंक जोडेको नेपाल समूह बी को चौथो स्थानमा छ। १२ अंकका साथ अष्ट्रेलिया शीर्षसथानमा छ। समान १० अंक भएका कुवेत र जोर्डन दोस्रो र तेस्रो स्थानमा छन्।

नेपाल पाँचौ स्थानको चाइनिज ताइपेइभन्दा एक स्थान माथि छ।

प्रकाशित: May 25, 2021| 02:49 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।