बिहीबार, असार २५, २०८३

जिनेदिन जिदानेले दोस्रोपटक पनि छोडे रियल मड्रिड

स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदाने दोस्रो पटक प्रशिक्षकका रुपमा रियल मड्रिडबाट बिदा भएका छन्।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं- स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदाने दोस्रो पटक प्रशिक्षकका रुपमा रियल मड्रिडबाट बिदा भएका छन्।

उनी र क्लबबीच सहमति भइसकेको र केही समयमा आधिकारिक सूचना आउने इटालियन खेलपत्रकार राब्रिजियो रोमानोले समामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।

रोमानेले लेखेका छन्, ‘रियल मड्रिड र जिदाने दुवैले अधिकारिक दस्ताबेज केही समयमा जारी गर्नेछन्। तर जिदानले क्लब छोड्ने भइसकेका छन्।’

त्यसको केही समयपछि रोमानोले जिदानेले क्लब छोडेको जानकारी दिए। त्यस्तै, जिदाने बाहिरने समाचार विश्वभरका मिडियामा प्रकाशित भइरहेका छन्। तर, रियल र जिदानेका तर्फबाट भने उनी बाहिरिएको सूचना प्रकाशित भएका छैनन्।

पहिलो पटक रियलका प्रशिक्षक बनेर आउँदा लगातार तीन पटक च्याम्पियन्स लिग र दुई ला लिगा पनि जिताएका प्रशिक्षकले दोस्रोपटक प्रशिक्षक भएर रियललाई एक ला लिगा र एक सुपरकोपा डि स्पाना जिताउन सके।

उनले बुधबार बिहान मात्र क्लब छोड्ने सहमति गरेका थिए। त्यस्तै, यो सिजनको अन्तिम दुई खेलअघि मात्र उनले खेलाडीलाई आफूले क्लब छोड्न लागेको बताएका थिए। उनको प्रशिक्षणमा यो सिजन रियल मड्रिड विजेता एट्लेटिको मड्रिडभन्दा मात्र दुई अंकले पछि थियो।

अब रियल मड्रिडमा मासिमिललानो एलेग्री वा राउल आउने चर्चा चलिरहेको छ।

प्रकाशित: May 27, 2021| 10:46 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।