बिहीबार, माघ ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम इराक प्रस्थान

विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम इराक प्रस्थान

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छानेका २३ खेलाडी विश्वकप छनोटका खेल खेल्नका इराक प्रस्थान गरेका हुन्। नेपाली टिम र १२ अफिसियलसहित ३५ जनाको टोली रहेको राष्ट्रिय टिमका व्यवस्थापक मधुसुधन उपाध्यायले बताए।
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं- विश्वकप छनोटका तीन खेल र इराकसँगको एक मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम इराकतर्फ प्रस्थान गरेको छ। कतार एयरवेजमार्फत् मंगलबार राति १० बजे नेपाली टिम दोहा जानका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुगसकेको छ। दोहाबाट नेपाली टिम इराक जाने छ।

National life

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छानेका २३ खेलाडी विश्वकप छनोटका खेल खेल्नका इराक प्रस्थान गरेका हुन्। नेपाली टिम र १२ अफिसियलसहित ३५ जनाको टोली रहेको राष्ट्रिय टिमका व्यवस्थापक मधुसुधन उपाध्यायले बताए।

नेपालले इराकसँग मे २९ मा मैत्रीपूर्ण खेल खेल्नेछ। त्यस्तै, विश्वकप छनोटको समूह चरणको खेलमा चाइनिज ताइपेईसँग जुन ३ मा, जोर्डसनसँग जुन ७ मा र अस्ट्रेलियासँग जुन ११ मा खेल्नेछ।

नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छन् ।

यी हुन् नेपाली टिममा परेका खेलाडी:
गोलरक्षक :
किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

Laxmi sunrise bank
kumari

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

प्रकाशित: May 25, 2021| 15:50 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।