युरोकप २०२० अन्तर्गत आज शुक्रबार तीन खेल हुँदैछन्। आजको पहिलो खेलमा स्वीडेनले स्लोभाकियाको सामना गर्नेछ भने दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकको सामना गर्नेछ।
रियलले उनको तलब १० प्रतिशत घटाएर एक वर्षका लागि सम्झौता गर्न चाहेको थियो। तर, तलब नघटाई रामोसले दुई वर्षभन्दा वा सोभन्दा धेरै समयको सम्झौता गर्न चाहेका थिए।
युरोकप २०२० मा रसियाले पहिलो जित निकालेको छ। सेन्ट पिटर्सबर्गस्थित घरेलु मैदानमा सम्पन्न खेलमा रसियाले फिनल्यान्डलाई १-० गोलले हराउँदै पहिलो जित निकालेको हो।
जारी युरोकपमा समूह चरणको पहिलो चरणका खेल सकिइसकेका छन्। अब ११ जुलाईमा हुने फाइनलमा कुन–कुन टिम पुग्लान्? वेम्बली स्टेडियममा हुने फाइनलमा युरोकपको ट्रफी कसले उचाल्ला? चासो बढेको छ।
जर्मनीका प्रशिक्षक जोचिम लोले आफ्नो पुरानो फोहोरी व्यवहार पुनः दोहोर्याएका छन्। युरोकपमा फ्रान्सविरुद्धको पहिलो खेलमा उनी औंला सुँघिरहेको अवस्थामा क्यामेरामा कैद भएका छन्।