बुधबार, असार २४, २०८३

जर्मनीका टोनी क्रुसले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

जर्मनीको राष्ट्रिय फुटबल टिमबाट १०६ क्याप जितेका मिडफिल्डर टोनी क्रुसले संन्यासको घोषणा गरेका छन्।
 |  शुक्रबार, असार १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १८, २०७८

काठमाडौं- जर्मनीको राष्ट्रिय फुटबल टिमबाट १०६ क्याप जितेका मिडफिल्डर टोनी क्रुसले संन्यासको घोषणा गरेका छन्।

जर्मनीको राष्ट्रिय टिम जारी युरोकपको अन्तिम १६ बाट बाहिरिएको हप्ता दिन नवित्दै क्रुसले संन्यासको घोषणा गरेका हुन्। २०१० मा अन्तराष्ट्रिय खेलमा डेब्यू गरेका क्रुसले अहिलेसम्म १५ अन्तर्राष्ट्रिय गोल गरेका छन्।

उनी जर्मनीको उमेर समूहको टिम यू १७, यू १९ र यू २१ हुँदै राष्ट्रिय टिममा प्रवेश गरेका थिए।

राष्ट्रिय टिमबाट जोआचिम लोको प्रशिक्षणमा लामो समय बिताएका क्रुसले नयाँ प्रशिक्षक हान्सी फ्लिक नियुक्त नहुँदै संन्यासको घोषणा गरेका हुन्।

गएको मंगलबार लन्डनमा भएको खेलमा इंग्ल्यान्डसँगै २–० गोलको हार बेहोरेपछि जर्मनी युरो कपबाट बाहिरिएको थियो।
उनलाई संसारकै उत्कृष्ट मिफिल्डरमध्ये मानिन्छ।

प्रकाशित: Jul 02, 2021| 13:33 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।