बिहीबार, असार २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाल सुपर लिगका सर्वाधिक गोलकर्ता मेसुके न्युरोड टिममा अनुबन्ध

नेपाल सुपर लिगका सर्वाधिक गोलकर्ता मेसुके न्युरोड टिममा अनुबन्ध

न्युरोड टिम (एनआरटी) ले दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ। आज शनिबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै एनआरटीले विदेशी खेलाडी सार्वजनिक गरेको हो।
 |  शनिबार, असार १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १९, २०७८

काठमाडौं- न्युरोड टिम (एनआरटी) ले दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ। आज शनिबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै एनआरटीले विदेशी खेलाडी सार्वजनिक गरेको हो।

अब असोज ६ गते सुरु हुने सहिद स्मारक ए डिभिजन लिगमा क्यामरुनका मेसुके ओलुमेउ, स्टेफेन समिरले न्युरोडबाट खेल्नेछन्। मेसुकले गत जेठमा सम्पन्न सुपर लिगमा आठ गोल गरेका थिए। जुन फ्रेन्चाइज लिगकै सर्वाधिक गोल थियो।
‘लिगमा पहिलेको जस्तै हामी पनि सहभागी हुँदै छौँ’, प्रेस विज्ञप्तिमा भनिएको छ, ‘लिगका लागि क्लबले तयारी थालिसकेको छ। टिमले अभ्यास थालिसकेको छ।’

क्लबले प्रशिक्षकका रुपमा राजुकाजी शाक्यलाई निरन्तरता दिएको बताएको छ। एन्फाका अध्यक्ष कर्मा छिरिङले अनुबन्ध भएका खेलाडीलाई बधाई दिएका छन्। विसं. १९९१ मा स्थापना भएको एनआरटीले ५ पटक ए डिभिजन लिगको उपाधि जितिसकेको छ।

‘एनआएटी प्रतिष्ठित क्लब हो यसले नेपाल सुपर लिगको सर्वाधिक गोलकर्ता अनुबन्ध गरेको छ। क्लबलाई पनि बधाई छ’, एन्फाका अध्यक्ष शेर्पाले भने, ‘लाग्छ यो क्लबले भविष्यमा राम्रो गर्नेछ।’

उनले फुटबललाई लामो समय निरन्तर राख्नका लागि ६ महिनाको सेड्युल गरेको बताएका छन्। उनले विभागीय बाहेकका ६ क्लबले एकेडेमी चलाउने विस्वास लिएको बताएका छन्। ‘अब क्लबको रिजर्भ टिम र उमेर समूहको टिम आफ्नै हुनेछ’, उनले भने।

प्रशिक्षक शाक्यले आफूले क्लबलाई सतप्रतिशत दिने वाचा गरेका छन्। यता मेसुकेले क्लबलाई धन्यवाद दिँदै यो आफ्नो लागि नयाँ चुनौती भएको बताएका छन्।

यसअघि सातदोबाटो युथ क्लबले पिटर सेगुन अनुबन्ध गरिसकेको छ।

प्रकाशित: Jul 03, 2021| 09:20 शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।