बुधबार, असार २४, २०८३

युरोकप सेमिफाइनल समिकरण पुरा : कुन टिमसँग कुन भिड्दै?

जारी युरोकप २०२० को सेमिफाइनल समिकरण पुरा भएको छ।
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

काठमाडौं- जारी युरोकप २०२० को सेमिफाइनल समिकरण पुरा भएको छ। शनिबार राति बाकू र रोमको रंगशालमा क्वार्टरफाइनलका खेल सम्पन्न भएसँगै युरो २०२० को सेमिफाइनल समिकरण सम्पन्न भएको हो।

यससँगै अब लन्डनको वेम्बली रंगशालामा बुधबार हुने पहिलो सेमिफाइनल खेलमा इटालीले स्पेनको सामना गर्नेछ। यी दुई टिमको खेल नेपाली समयअनुसार राति १२:४५ सुरु हुनेछ।

क्वार्टरफाइनलको खेलमा इटालीले विश्व नम्बर वान बेल्जियमलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। यता स्पेनले भने पछिल्लो खेलमा स्विट्जरल्यान्डलाई हराएको थियो।

त्यस्तै, सेमिफाइनलको अर्को खेल वेम्बलीमा नै बिहीबार राति पौने १ बजे सुरु हुनेछ त्यो खेलमा डेनमार्कले इंग्ल्यान्डको सामना गर्नेछ।

शनिबार राति बाकूमा सम्पन्न खेलमा चेक गणन्त्रलाई हराउँदै डेनमार्कले लन्डनको यात्रा तय गरेको थियो। यता शनिबार राति नै रोममा सम्पन्न खेलमा भने इंग्ल्यान्डले युक्रेनलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो।

सेमिफाइनलको विजेता दुई टिमले फाइनल खेल जुलाई १२ मा वेम्बली रंगशालामै खेल्ने छन्।

प्रकाशित: Jul 04, 2021| 01:58 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।