बुधबार, माघ ७, २०८२

नकआउटमा बेल्जियम र इटालीको पहिलो भेट : कसको होला पल्लाभारी?

विश्वकप र युरोकपजस्ता मुख्य प्रतियोगितामा आज बेल्जियमले इटाली (अजुरी) को पाँचौ पटक सामना गर्दैछ।
 |  शुक्रबार, असार १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १८, २०७८

काठमाडौं- विश्वकप र युरोकपजस्ता मुख्य प्रतियोगितामा आज बेल्जियमले इटाली (अजुरी) को पाँचौ पटक सामना गर्दैछ। तर, यसअघिका चारै खेलमा यी दुई टिमले समूह चरणमा खेलेका थिए। तर, अहिले भने युरोकप २०२० को क्वार्टरफाइनलमा भेट हुँदैछन्।

National life

यस हिसाबले मुख्य प्रतियोगिताको नकआउटमा विश्व नम्बर वानले अजुरीसँग पहिलो भेट गर्दैछ। तथ्यगत हेर्न चाहने हो भने १९५४ को विश्वकपमा एकपटक भेट भएको यी टिम १९८०, २००० र २०१६ को समूह चरणमा भेट भए।

ती सबै खेलमा इटाली अपराजित छ। तीन खेलमा बेल्जियम पराजित हुँदा एक खेल बराबरीमा रोकिएको थियो। विश्व नम्बर वान बेल्जियमका लागि अहिले आएर त्यो इतिहास निकै तिक्ततापूर्ण छ।

जबकि मुख्य प्रतियोगितामा बेल्जियमले इटालीभन्दा धेरै पटक कुनै विपक्षी टिमसँग जितविहीन यात्रा गरको छैन। बरु फ्रान्स र जर्मनीसँग समान चार पटक जितविहीन छ।

सँगैमा जर्मनीसँग ९ पटक र अष्ट्रियासँग पाँच पटक गरि अपराजित यात्रा कायम गरेको इटालीको बेल्जियम तेस्रो टिम हो। त्यसैले इटाली आजको खेलमा सोही लय कायम राख्दै समिफाइनलको यात्र तय गर्न चाहन्छ।

Laxmi sunrise bank
kumari

इटाली अहिले युरोकपमा लगातार चौथोपटक क्वार्टरफाइनल पुगेको छ। त्यसमध्ये तीन खेलका क्रममा पेनाल्टी सुटआउटसम्म पुगेको थियो। जहाँ ऊ दुई पटक पराजित भयो र एकपटक विजयी।

उसलाई पेनाल्टीबाट हराउनेमा स्पेन र जर्मनी थिए भने इंग्ल्यान्डलाई जितेको थियो, जुन उसको पाँचमध्येका तीन टाईब्रेकर थिए। युरोकपका पाँच नकआउटमा पेनाल्टीबाट निर्णयमा पुग्नुपरेको इटाली एक मात्र टिम हो।

बाँकी समयको खेलको नतिजा हेर्ने हो भने इटाली थोरै गोलको सामना गर्ने टिममा पर्छ। उसले पछिल्ला १८ खेलमध्ये ९विश्वकप र युरोकप० एउटा खेलमा मात्र एकभन्दा धेरै गोल बेहोरेको छ। ती खेलमा उसले ८ क्लिनसिटसहित १३ गोल मात्र बेहोरेको थियो।

यसैक्रममा उसको सबैभन्दा ठूलो हार नै युरोपियन च्याम्पियनसिप २०१२ को फाइनल थियो, जहाँ इटालीका पोस्टमा चार गोल गर्दै स्पेनले उपाधि जितेको थियो।

त्यस्तै, सबै प्रतियोगिताका पछिल्लो ३१ खेलमा इटाली अपराजित छ। प्रतिद्वन्द्वी बेल्जियमले पछिल्ला आठमध्ये सात खेलमा जित निकालेको छ। उसले पछिल्लो संस्करणमा वेल्ससँग ३–१ गोलको हार बेहोरेको थियो।

प्रकाशित: Jul 02, 2021| 05:01 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।