बुधबार, असार २४, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • लन्डन केन्द्रित हुँदै युरो कप, क्वार्टर-फाइनलमा युक्रेनलाई इतिहास बनाउने अवसर

लन्डन केन्द्रित हुँदै युरो कप, क्वार्टर-फाइनलमा युक्रेनलाई इतिहास बनाउने अवसर

त्यस्तै, राति पौने १ बजे हुने खेलमा युक्रेनले इंग्ल्यान्डको सामना गर्नेछ। इटालीको स्टेडियो ओलम्पिको रंगशालामा हुनेछ। यो खेल यसपालीको युरो कप क्वार्टर फाइनलको अन्तिम खेल हुनेछ। यो खेलसँगै इटालीमा यस वर्ष युरो कपका खेल हुनेछैनन्। सेमिफाइनल र फाइनलका सबै खेल इंग्ल्यान्डको वेम्बली रंशालामा हुँदैछन्। त्यसैले शनिबार रातिका खेलमा जित निकालेर लन्डन रंगशाला जाने लक्ष्य चारै टिमको लक्ष्य छ। 
 |  शनिबार, असार १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १९, २०७८

काठमाडौं- युरो कप अन्तर्गत शनिबार राति क्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन्। राति पौने १० बजे हुने खेलमा चेक गणतन्त्र र डेनमार्क भिड्नेछन्। यो खेल अजरबैजानस्थित बाकू ओलम्पिक रंगशालामा हुनेछ।

त्यस्तै, राति पौने १ बजे हुने खेलमा युक्रेनले इंग्ल्यान्डको सामना गर्नेछ। इटालीको स्टेडियो ओलम्पिको रंगशालामा हुनेछ। यो खेल यसपालीको युरो कप क्वार्टर फाइनलको अन्तिम खेल हुनेछ। यो खेलसँगै इटालीमा यस वर्ष युरो कपका खेल हुनेछैनन्। सेमिफाइनल र फाइनलका सबै खेल इंग्ल्यान्डको वेम्बली रंशालामा हुँदैछन्। त्यसैले शनिबार रातिका खेलमा जित निकालेर लन्डन रंगशाला जाने लक्ष्य चारै टिमको लक्ष्य छ। 

पहिलो खेल (चेक र डेनमार्क) को कुरा गर्दा दुवै टिम बराबरीका देखिन्छन्। किनभने चेक गणतन्त्र र डेनमार्कबीचको पछिल्ला ६ खेलमा ५ खेल बराबरी भएका छन्। त्यसबाहेकको एक खेल डेनमार्कले जितेको छ। तर युरो कपमा भएका यी दुईको खेलको नतिजा चाहिँ केही फरक छ। युरो कपमा यी दुई टिमले तीन खेल खेलेकोमा चेक गणतन्त्रले दुई र डेनमार्कले एक खेल जितेको छ।

यता पछिल्ला ७ खेलमा युक्रेनविरुद्ध एक खेलमा मात्र हार व्यहोरेको इंग्ल्यान्ड शनिबार पनि जित निकाल्न चाहन्छ। युक्रेनले इंग्ल्यान्डसँगका ७ भेटमा तीन गोल मात्र गर्न सकेको छ।

यता इंग्ल्यान्डले युरोकपका पछिल्ला चार खेलमा गोलको सामना गरेको छैन। अतः इंग्ल्यान्ड युक्रेनको तुलनामा केही बलियो छ भन्न सकिन्छ। युक्रेनलाई भने इतिहास बनाउने अवसर छ।

प्रकाशित: Jul 03, 2021| 08:08 शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।