बुधबार, असार २४, २०८३

कोपा अमेरिकाको क्वार्टरफाइनल खेल शनिबार बिहानबाट

कोपा अमेरिका अन्तर्गत भोलि (शनिबार) बिहान दुई खेल हुँदैछन्। ती दुई खेल ब्राजिलको स्टेडियो ओलम्पिको पेड्रो लुडोविको र ओलम्पिक रंगशालामा हुँदैछ।
 |  शुक्रबार, असार १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १८, २०७८

काठमाडौं– कोपा अमेरिका अन्तर्गत भोलि (शनिबार) बिहान दुई खेल हुँदैछन्। ती दुई खेल ब्राजिलको स्टेडियो ओलम्पिको पेड्रो लुडोविको र ओलम्पिक रंगशालामा हुँदैछ।

स्टेडियो ओलम्पिको पेड्रो लुडोविको रंगशालामा नेपाली समयअनुसार बिहान पौने ३ बजे हुने खेलमा पेरुले पाराग्वेको सामना गर्नेछ।

यी दुवै टिमले समान २–२ पटक उपाधि जितेका छन्। पाराग्वेले १९५३ र १९७९ मा उपाधि जितेको थियो। यता पेरुले १९३९ र १९७५ मा उपाधि जितेको थियो।

यसकारण आजको खेलमा पनि जित निकाल्दै सेमिफाइनलमा पुग्ने पेरु र पाराग्वे दुवै टिमको लक्ष्य छ। यी दुईको विजेताले ओलम्पिकको रंगशालामा बिहान पौने ६ बजे हुने खेलमा आयोजक ब्राजिलले २०१६ को विजेता चिलीसँग खेल्दैछ। त्यसैले यो खेल महत्वपूर्ण छ। २०१६ को फाइनलमा अर्जेन्टिनालाई हराउँदै चिलीले उपाधि जितेको थियो।

यता पछिल्लो कोपा अमेरिकामा पेरुलाई हराउँदै ब्राजिलले उपाधि जितेको थियो। अहिलेसम्म ब्राजिलले ९ उपाधि जितेको छ भने चिलीले दुईपटक मात्र जित निकाल्न सकेको छ। चिलीले २०१५ र २०१६ मा जित निकालेको थियो।

पहिले हरेक दुई वर्षमा हुँदै आएको कोपा अमेरिका बीचमा चार वर्षको अन्तरालमा आयोजना भएको थियो। यता प्रतियोगिता सुरु भएको १०० वर्षको उपलक्ष्यमा २०१६ मा पनि प्रतियोगिता आयोजना भएको थियो।

त्यहि प्रतियोगिता चिलीले उपाधि जितेको हो।  शनिबार बिहानको खेलमा उपाधि जित्ने दुई टिमले सेमिफाइनलमा आपसमा प्रतिस्पर्धा गर्नेछ। क्वार्टरफाइनलका बाँकी दुई खेल आइतबार बिहान हुनेछन्।

प्रकाशित: Jul 02, 2021| 09:11 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।