बुधबार, माघ ७, २०८२

सम्भावना छ, रामोस र नेयमार अझै नजिकिने

३५ वर्षीय स्पेनिस डिफेन्डर रामोस र उनी आबद्ध पछिल्लो क्लब रियल मड्रिडबीच आगामी सिजनका लागि सम्झौता नभएपछि रामोसले स्पेनिस राजधानी छोडेका थिए। यससँगै उनी क्लबविहीन बने। तर पीएसजीसँग उनको सम्बन्ध अहिले नजिकिएको छ। 
 |  शुक्रबार, असार १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १८, २०७८

काठमाडौं- फ्रान्सेली फुटबल क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) सर्जियो रोमासलाई अनुबन्ध गर्ने अन्तिम तयारीमा छ। रामोस पीएसजीमा अनुबन्ध भए उनले ब्राजिलका फरवार्ड नेयमार र फ्रेन्च फरवार्ड केलियन एम्बाप्पेसँग सहकार्य गर्नुपर्ने छ। 

National life

३५ वर्षीय स्पेनिस डिफेन्डर रामोस र उनी आबद्ध पछिल्लो क्लब रियल मड्रिडबीच आगामी सिजनका लागि सम्झौता नभएपछि रामोसले स्पेनिस राजधानी छोडेका थिए। यससँगै उनी क्लबविहीन बने। तर पीएसजीसँग उनको सम्बन्ध अहिले नजिकिएको छ। 

ठूलो लागानी गरेर स्टार खेलाडीहरु भित्र्याएको पीएसजीले रियलमा आबद्ध सर्वाधिक गोलकर्ता डिफेन्डर भित्र्याएसँगै अब डिफेन्सको नेतृत्व रामोसले सम्हाल्नेछन् भने फरवार्डको नेतृत्व नेयमारले सम्हाल्ने छन्। जहाँ यसअघि नै एम्बाप्पे, मार्क्विन्होस, अलेक्जेन्ड्रो फ्लोरेन्जीजस्ता उच्च स्तरका डिफेन्डर छन्।

रामोसको तालमेल अन्य डिफेन्डरसँग भन्दा पनि बढी नेयमारसँग कति मिल्न जान्छ त्यो विशेष रूपमा हेरिनेछ। किनेभने नेयमार रियलका निकट प्रतिद्वन्द्वी बार्सिलोनाका पूर्वस्ट्राइकर हुन्। उनी लियोनेल मेस्सीका नजिकका साथी र नेयमारकै छायाँमा हुर्किएका खेलाडी पनि हुन्।

यता मेस्सी बार्सिलोनाका खेलाडी हुन् भने रामोसलाई रियलका 'वास्तविक' खेलाडी मान्ने पनि गरिन्छ। यति भए पनि उनीहरुको सम्बन्धमा तिक्तता भने छैन। उनीहरुले एकापसमा प्रशंसा गरेका पनि छन्।

Laxmi sunrise bank
kumari

रामोस नेयमारबारे बोल्न हिच्किचाउँदैनन्। नेयमारलाई विश्वको उत्कृष्टमध्येका एक स्ट्राइकर मान्छन् रामोस। ‘नेयमार एक उत्कृष्ट खेलाडी हुन्,’ उनले केही समय अघि भनेका थिए, ‘विश्वका शीर्ष तीनमा एक स्ट्राइकर हुन्।’

पीएसजीका स्टार नेयमारले रामोसको विपक्षी भएर केही गेम खेलेका छन्। त्यो अनुभवका हिसाबमा नेयमार स्पेनिस सेन्टर ब्याक रामोसलाई कठिन प्रतिस्पर्धी मान्छन्। ‘सर्जियो रामोस मैले देखेमध्येको सबैभन्दा 'कठिन' डिफेन्डर हुन्,’ नेयमारले भनेका छन्।

त्यस्तै पछिल्लो सिजनमा पीएसजीले रामोसलाई अनुबन्ध गर्ने इच्छा देखाएपछि रामोस र नेयमारबीच कुरा भएको समाचारहरु छापिएका थिए। त्यसबेला नेयमारले भनेका थिए, ‘सर्जियो, यदि तिमी पीएसजीमा आउँछौं भने म र एम्बाप्पे क्लबसँग सम्झौता गर्नेछौँ। यदि रामोस आए भने हामीले युरोपियन च्याम्पियनसिप जित्नेछौं।’ 

नेयमारले केही समय अघि मात्र पीएसजीसँग नयाँ सभ्झौता गरेका थिए। जतिबेला रामोस पीएसजी जाने हल्ला थियो। रामोसले रियल मड्रिडमा हुँदै एकपटक स्पेनिस रेडियोसँग कुरा गर्दै नेयमारलाई अनुबन्ध गर्न अध्यक्ष फ्लोरेन्टेनो पेरेजलाई सल्लाह दिएका थिए।
 

प्रकाशित: Jul 02, 2021| 10:10 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।