काठमाडौं- चोटका कारण सर्जियो रोमोस, अन्सू फटी बाहिर रहेको टिममा प्रशिक्षक इनरिकेले रियल मड्रिडका अन्य कुनै खेलाडी राखेनन्। समूह चरणका पहिलो दुई खेलमा जितका लागि निकै संघर्ष गरेको स्पेनले पछिल्ला दुई खेलमा सानदार जित निकालेको छ।
उसले स्लोभाकियालाई ५–० ले हरायो भने क्रोएसियालाई ५–३ ले हराएको थियो। कपका सुरुआती दुई खेलमा मात्र एक गोल गरेर आलोचित भएको स्पेनिस टिमले पछिल्ला दुई खेलमा भने चमत्कारिक खेल प्रदर्शन गर्दै १० गोल गरेको छ।
यसकारण स्पेन अहिले युरोकपको प्रमुख दाबेदारको रुपमा रहेको छ। स्पेन युरोकपको इतिहासमा लगातार दुई खेलमा पाँच गोल वा पाँच प्लस गोल गर्ने पहिलो टिमसमेत बनेको छ।
आज स्पेनले स्विट्जरल्यान्डसँग युरोकपमा पहिलोपटक खेल्दैछ। तर, यसअघि स्पेन र स्विट्जरल्यान्डको १९६६, १९९४ र २०१० को विश्वकपमा भेट भइसकेको छ। जहाँ पहिलो दुई खेल स्पेनले जितेको थियो भने अन्तिम खेलमा स्विट्जरल्यान्ड विजयी भएको थियो।
यी दुई टिमबीच भएका सबै खेलका कुरा गर्दा, २२ खेलमा स्पेनले एक खेलमा मात्र हार बेहोरेको छ। जहाँ स्पेनले १६ जित निकाल्दा पाँच बराबरी भएको छ। र, स्पेनले दक्षिण अफ्रिकामा आयोजित त्यही विश्वकपमा हार बेहोरेको थियो। त्यो विश्वकप स्पेनले जितेको थियो।
विश्वकप र युरोकपको कुरा गर्दा स्विट्जरल्यान्ड चौथो पटक क्वार्टरफाइनल पुगेको हो। तर, स्विट्जरल्यान्ड युरोकपमा चाहिँ पहिलो पटक क्वार्टरफाइनल पुग्यो। यसअघिको तीनै क्वार्टरफाइनलमा स्विट्जरल्यान्डले हार बेहोरेको छ।
जहाँ उसले १९३४ को विश्वकमा चेकोस्लोभाकियासँग ३-२, १९३८ को विश्वकपमा हंगेरीसँग २-० र १९५४ को विश्वकपमा अष्ट्रियासँग ७-५ गोलको हार बेहोरेको थियो।
यो सिजनमा स्विट्जरल्यान्डले पछिल्ला दुई खेलमा समान तीन गोल गरेको छ। यसअघिका १५ युरोकप खेलमा उनले दुई भन्दा धेरै गोल गर्न सकेको थिएन। तर, २०१८ को विश्वकपविजेता फ्रान्सविरुद्ध नै स्विट्जरल्यान्डले तीन गोल गरेर खेल बराबरी गरेको थियो।
उसले पेनाल्टीमा फ्रान्सलाई पछि पार्दै क्वार्टरफाइनलको यात्र तय गरेको थियो। त्यसैले अहिले स्विट्जरल्यान्डलाई पनि कमजोर आँक्न मिल्दैन। खेल आज राति ९:४५ बजे सेन्ट पिटर्सबर्ग रंगशाला रसियामा हुँदैछ।