बुधबार, असार २४, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • चेक गणतन्त्रसँग २००४ को बदला लिँदै डेनमार्कले बनायो कीर्तिमान, सिक र रोनाल्डोको बराबरी गोल

चेक गणतन्त्रसँग २००४ को बदला लिँदै डेनमार्कले बनायो कीर्तिमान, सिक र रोनाल्डोको बराबरी गोल

डेनमार्कले आफ्नो युरो कप यात्रामा अहिलेसम्मकै धेरै गोल गरको छ। उसले यसअघि एकै संस्करणमा सबैभन्दा धेरै १० गोल गरेको थियो।
 |  शनिबार, असार १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १९, २०७८

काठमाडौं– युरो कपअन्तर्गत शनिबार अजरबैजानको बाकु रंगशालामा सम्पन्न खेलमा जित निकाल्दै डेनमार्क युरो कपको  सेमिफाइनलमा पुगेको छ। उसले चेक गणतन्त्रलाई २–१ ले हराउँदै अन्तिम ४ मा प्रवेश गरेको हो। यससँगै डेनमार्कले आफ्नो युरो कप यात्रामा अहिलेसम्मकै धेरै गोल गरको छ। उसले यसअघि एकै संस्करणमा सबैभन्दा धेरै १० गोल गरेको थियो। 

डेनमार्कले शनिबारको खेलमा दुई गोल गर्दै जारी सिजनमा ११ गोल पुर्‍याएकाे छ। आजको खेलमा थोमस डिलेनी र कास्पर डोलबर्गले गोल गरेका थिए। यससँगै उसले युरो कपको इतिहासमा राष्ट्रिय कीर्तिमान बनाएको हो। साथै पहिलो दुई खेलमा हार बेहोरेर समूहको अन्तिम खेलमा चार गोल गर्ने पहिलो टिम बनेको डेनमार्कले अन्तिम १६ को खेलमा पनि चार गोल गरेको थियो।

अर्थात् समूह चरणको अन्तिम खेलमा रसियाविरुद्ध ४–१ र प्रिक्वार्टरफाइनलमा वेल्सविरुद्ध ४–० गोलको जित निकाल्दै डेनमार्क लगातार दुई पटक चार प्लस गोल गर्ने पहिलो टिम बनेको छ। चेक गणतन्त्रका फरवार्ड प्याट्रिक सिकले खेलको ४९ औं मिनेटमा गोल गरेर जारी युरोमा सर्वाधिक गोलकर्ता क्रिस्टियोनो रोनाल्डोसँग गोल बराबरी गरेका छन्।

अन्तिम १६ मा बेल्जियमसँग हार बेहोरेर बाहिरिएको पोर्चुगलका रोनाल्डोले पाँच गोल गरेका थिए। आजको खेलमा डेनमार्कविरुद्ध गोल गर्दै सिकले पनि पाँच गोल गरे। तर समयका आधारमा रोनाल्डो अघि छन्। यस कारण उनी गोल्डेन बुट रेसमा रोनाल्डो भन्दा पछि रहनेछन्। 

जारी युरोकपमा सर्वाधिक गोल गर्नेमध्येका एक चेक गणतन्त्रका  प्याट्रिक सिक (१० नम्बर जर्सीमा)। सिकसँगै पाेर्चुगलका क्रिस्टियानाे राेनाल्डाेले पनि पाँच गाेल गरेका छन्।

त्यस्तै, अहिलेम्म युरो कपमा रोनाल्डो र सिकले समान ५–५ गोल गरेका छन् भने स्विडेनका इमिल फोसबर्ग, फ्रान्सका करिब बेन्जिमा र बेल्जियमका रोमेलु लुकाकुले समान ४–४ गोल गरिसकेका छन्। तर अब यी सबै टिम युरो कप २०२० बाट बाहिरिसकेका छन्। सिकले जारी युरोको गोलस्कोरिङको लिडिङमा पुगे पनि उनले टिमलाई तेस्रो पटक सेमिफाइनलमा पर्याउन भने सकेनन्।

चेक गणतन्त्र यसअघि दुईपटक १९९६ र २००४ को सेमिफाइनलसम्म पुगेको थियो। २००४ को क्वार्टरफाइनलमा चेक गणतन्त्रले डेनमार्कलाई हराएर सेमिफाइनल पुगेको थियो।  त्यसको बदला आज डेनमार्कले लिएको छ। साथै युरो कपमा यी टिमले आज तेस्रो पटक खेलेका थिए। यसअघिका दुवै खेल चेक गणतन्त्रले जितेको थियो। अब डेनमार्कले सेमिफाइनलमा युक्रेन र इंग्ल्यान्डको विजेतासँग भिड्नेछ। इंग्ल्यान्ड र युक्रेनबीच नेपाली समयअनुसार मध्यरात १२स्४५ बजे प्रतिस्पर्धा हुँदै छ।

प्रकाशित: Jul 03, 2021| 18:24 शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।