बुधबार, माघ ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

स्पेन युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ। रुसको सेन्ट पिटर्सबर्गमा भर्खरै सम्पन्न क्वार्टरफाइनलमा ३–१ गोलले हराउँदै स्पेन अन्तिम चारमा स्थान बनाउन सफल भएको हो।
 |  शुक्रबार, असार १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १८, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– स्पेन युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ। रुसको सेन्ट पिटर्सबर्गमा भर्खरै सम्पन्न क्वार्टरफाइनलमा ३–१ गोलले हराउँदै स्पेन अन्तिम चारमा स्थान बनाउन सफल भएको हो।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयतर्फ लम्बिएको थियो। अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि टाइब्रेकरमा पुगेको थियो। १० खेलाडीमा सीमित स्विट्जरल्यान्डको दुई प्रहार स्पेनी गोलरक्षक उनाइ सिमोनले बचाएका थिए। खेलको ७७ ओँ मिनेटमा रेमो फ्रुएलर नै रातो कार्ड खाएपछि स्विट्जरल्यान्ड दबाबमा रहेको थियो।

अतिरिक्त समयमा स्विट्जरल्यान्ड गोलरक्षक सोमरले लगातार बचाउ गर्दै खेल बराबरीमा राखेका थिए। दोस्रो हाफमा पनि स्विट्जरल्यान्डले लगातार स्पेनको आक्रमणलाई विफल पार्दै खेल टाइब्रेकरमा लग्न सफल भएको थियो। टाइब्रेकरमा स्विट्जरल्यान्डका तीन खेलाडीले गोल गर्न नसक्दा स्पेन ३-१ ले विजयी भयो । अब स्पेनले युरोको सेमिफाइनलमा इटाली र बेल्जियमको विजेतासँग खेल्नेछ। दोस्रो क्वाटरफाइनल खेल सुरु भएकाे छ।
 

प्रकाशित: Jul 02, 2021| 19:00 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।