बुधबार, असार २४, २०८३

युरोकप क्वार्टरफाइनलमा शुक्रबार दुई खेल हुँदै

युरोपेली देशहरूको महादेशीय प्रतियोगिता युरोकपको अन्तिम आठका खेलहरू आजबाट सुरु हुँदैछन्।
 |  शुक्रबार, असार १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १८, २०७८

काठमाडौं- युरोपेली देशहरूको महादेशीय प्रतियोगिता युरोकपको अन्तिम आठका खेलहरू आजबाट सुरु हुँदैछन्।

अन्तिम १६ बाट छानिएका आठ टिमले आजबाट सेमिफाइनलमा प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्।

स्पेन, नेदरल्यान्ड, फ्रान्स, पार्चुगलजस्ता बलिया देशहरू बाहिरिएपछि अन्तिम १६ बाट स्पेन, बेल्जियम, इटाली, इंग्ल्यान्ड, युक्रेन, चेक गणतन्त्र, डेनमार्क र स्विट्जरल्यान्ड क्वार्टरफाइनलका लागि छनोट भएका थिए।

यसअन्तर्गत आज स्विट्जरल्यान्डले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने अर्को खेलमा इटालीले बेल्जियमको सामना गर्नेछ।

राति ९:४५ मा हुने खेलमा स्विट्जरल्यान्डले सेन्टपिटर्सबर्गको मैदानमा स्पेनसँग भिड्नेछ। त्यस्तै राती पौने एक बजे म्युनिखको एलियन्ज एरिना रंगशलामा बेल्जियमले इटालीको सामना गर्नेछ।

स्विट्जरल्यान्डले विश्वकविजेता फ्रान्सलाई टाईब्रेकरमा हराएर क्वार्टरफाइनल प्रवेश गरेको थियो भने अतिरिक्त समयमा क्रोएसियालाई पछि पार्दै स्पेनले अन्तिम १६ मा जित निकालेको थियो।

त्यस्तै, बेल्जियमले पोर्चुगललाई घर पठाएर आफू अघिल्लो चरणमा गएको थियो भने इटालीले अष्ट्रियाविरुद्ध जित निकालेर क्वार्टरफाइनलका यात्रा तय गरेको थियो।

प्रकाशित: Jul 02, 2021| 01:07 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।