बुधबार, माघ ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • कोपा अमेरिका : अर्जेन्टिना अन्तिम ४ मा पुगेसँगै पूरा भयो सेमीफाइनल समीकरण

कोपा अमेरिका : अर्जेन्टिना अन्तिम ४ मा पुगेसँगै पूरा भयो सेमीफाइनल समीकरण

जारी कोपा अमेरिका अन्तर्गत आइतबार बिहान सम्पन्न दोस्रो खेलमा इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा पुगेको छ।
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

काठमाडौं- जारी कोपा अमेरिका अन्तर्गत आइतबार बिहान सम्पन्न दोस्रो खेलमा इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा पुगेको छ। ब्राजिलको स्टेडियो ओलम्पिको पेड्रो लुडोविको रंगशालामा सम्पन्न खेल अर्जेन्टिनाले इक्वेडरलाई ३–० गोलले हराएको हो।

National life

अर्जेन्टिनाको जितका लागि रोड्रिगो डि सिल्वा, लाउतारो मार्टिनेज र लियोनेल मेस्सीले गोल गरेका थिए। कप्तान मेस्सीको पासमा डि सिल्वाले खेलको ४०औं मिनेटमा र मेस्सीकै पासमा मार्टिनेजले खेलको ८४औं मिनेटमा गोल गरेका थिए।

त्यस्तै, खेलको इन्ज्युरी समयमा पाएको फ्रि किकको अवसरमा मेस्सीले खेलको तेस्रो तथा अन्तिम गोल गरेका थिए। यससँगै अर्जेन्टिनाले तीन गोलको अग्रताका साथ जित निकाल्यो।

यता इन्ज्युरी समयमा इक्वेडरका पिइरो हिन्कापी रातो कार्ड खाँदै बाहिरिएका थिए।

खेल अवधिभर ५४ प्रतिशत समय बल नियत्रणमा राखेर विपक्षीको पोस्टतर्फ २१ प्रहार गरे पनि अर्जेन्टिनाका बाँकि प्रयास भने सफल भएनन्। यता विपक्षीको पोस्टतर्फ १० प्रहार गरेको इक्वेडर हारसँगै कोपा अमेरिकाबाट बाहिरिएको छ।

Laxmi sunrise bank
kumari

अर्जेन्टिनाको अन्तिम चार प्रवेशपछि कोपा अमेरिकाको सेमिफाइनल समिकरण पनि पुरा भएको छ।

अब सेमिफाइनलको पहिलो खेलमा ब्राजिलले पेरुको सामना गर्नेछ। यो खेल मंगलबार बिहान पौने पाँच बजे ओलम्पिक रंगशालामा हुने। त्यस्तै, कोलम्बियाले सेमिफाइलनमा आजको अर्को विजेता अर्जेन्टिनाको सामना गर्नेछ। अर्जेन्टिना र कोलम्बियाले ब्राजिलको स्टडियो नेसनल डि ब्राजिलियामा बुधबार बिहान पौने ७ बजे खेल्नेछन्।

क्वार्टरफाइनल खेलमा पेरुले पाराग्वेलाई हराएको थियो भने डिफेन्डिङ च्याम्पियन ब्राजिलले २०१६ को विजेता चिलीलाई हराएको थियो। यता आज बिहानको पहिलो खेलमा कोलम्बियाले उरुग्वेमाथि जित निकालेको थियो।

कोपा अमेरिकाको फाइनल खेल आगामी जुलाई ११ तारिखका विहान पौने ६ बजे माराकान रंगशालामा हुनेछ।

प्रकाशित: Jul 04, 2021| 03:08 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।