काठमाडौं- निर्धारित ९० मिनेटसम्म खेल बराबरी भएपछि टाइब्रेकरबाट जित निकाल्दै पेरु कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।
खेलको निर्धारित ९० मिनेटसम्म ३–३ गोलको बराबरी भएपछि पेरु र पाराग्वेको क्वार्टरफाइनल खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।
पेनाल्टीमा चार गोल गरेको पेरु सेमिफाइनल पुग्यो भने तीन गोल गरेको पाराग्वे क्वार्टरफाइनलबाट बाहिरिएको छ।
यता खेलका क्रममा दुवै टिमका एकएक खेलाडी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि खेल १०–१० खेलाडीबीच पनि सञ्चालन भएको थियो। पहिलो हाफको इन्ज्युरी समयमा पाराग्वेका गुस्तावो गोमेज रातो कार्ड बेहोर्दै बाहिरिएका थिए। त्यस्तै, खेलको ८५ औं मिनेटमा पेरुका आन्द्रे कारिलो पनि रातो कार्ड पाएपछि बाहिरिएका थिए।
आज बिहानको अर्को खेलमा २०१६ को विजेतालाई हराउँदै डिफेन्डिङ च्याम्पियन ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। ब्राजिलको जितका लागि खेलको ४६ औं मिनेटमा लुकास पकेटाले गोल गरेका थिए।
त्यो गोलको दुई मिनेट नबित्दै ब्राजिलका ग्याब्रियल जिसस रातो कार्ड पाउँदै बाहिरिएका थिए।