बुधबार, असार २४, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • उरुग्वेलाई टाइब्रेकरमा हराउँदै कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा

उरुग्वेलाई टाइब्रेकरमा हराउँदै कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा

जारी कोपा अमेरिकाअन्तर्गत आइतबार बिहान सम्पन्न पहिलो खेलमा उरुग्वेलाई हराउँदै कोलम्बिया सेमिफाइनलमा पुगेको छ।
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

काठमाडौं- जारी कोपा अमेरिकाअन्तर्गत आइतबार बिहान सम्पन्न पहिलो खेलमा उरुग्वेलाई हराउँदै कोलम्बिया सेमिफाइनलमा पुगेको छ। 

ब्राजिलको स्टेडियो नेसनलिया डी ब्राजिलियामा सम्पन्न खेलको निर्धारित समयमा गोलरहित बराबरी भएपछि टाइब्रेकरमा कोलम्बियाले ४–३ गोलको जित निकालेको हो।

टाइब्रेकरमा कोलिम्बयाका मिगल बोर्जा, येरि मिना, डेभिन्सन सान्चेज र डुभन जपाटाले गोल गरेका थिए। यता उरुग्वेका लागि होसे मारिया जिमिनेजले पेनाल्टी मिस गरे। तर, एडिसन काभानी, लुइस सुआरेज र माटियस भिना गोल गर्न सफल भएका थिए।

खेल अवधिभर ५१ प्रतिशत समय बलमा नियन्त्रण बनाएर विपक्षीको पोस्टतर्फ ९ प्रहार गरे पनि कोलम्बियाको कुनै प्रयास सफल भएनन्। 

यता विपक्षीको पोस्टतर्फ ७ प्रहार गरेको उरुग्वे हारसँगै कोपा अमेरिकाबाट बाहिरिएको छ।

अब कोलम्बियाले सेमिफाइलनमा अर्जेन्टिना र इक्वेडरबीच हुने खेलको विजेतासँग सामना गर्नेछ।
 

प्रकाशित: Jul 04, 2021| 02:15 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।