बुधबार, माघ ७, २०८२

कतारको क्लबबाट खेलेका स्यान्सु सातदोबाटोे क्लबमा अनुबन्धित

कतारको अल वाकराह क्लबबाट खेल्दै आएका स्यान्सु भुषालले अब सातदोबाटो युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन्।
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

काठमाडौं– कतारको अल वाकराह क्लबबाट खेल्दै आएका स्यान्सु भुषालले अब सातदोबाटो युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन्।

National life

युवा खेलाडी स्यान्सु अहिले कतारमा बसेर अध्ययनसँगै फुटबल खेलिरहेका छन्। अहिलेसम्म ए डिभिजन लिगको अनुभव नलिए पनि उनले नेपालमा पहिलो पटक आयोजना भएको नेपाल सुपर लिगमा भने चितवन फुटबल क्लबबाट खेलेका थिए।

तर उनको टिम तालिकाको पुछारमा रह्यो। त्यसपछि स्यान्सु भने राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेका थिए। अहिले स्यान्सुसहित  पासाङ लामा, रन्जन पुन र करण रावतलाई पनि सातदोबाटो युथ क्लबले अनुबन्ध गरेको छ।

गएको सिजनमा सहिद स्मारक बी डिभिजनको उपाधि जित्दै ए डिभिजनमा प्रवेश गरेको सातदोबाटोले यअसघि नै विदेशी खेलाडीको रुपमा पिटर सेगुनलाई अनुबन्ध गरिसकेको छ। सेगुनले पछिल्लो सिजनको लिग विजेता मछिन्द्र क्लबबाट खेलेका थिए।

प्रकाशित: Jul 04, 2021| 08:54 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।