प्रशिक्षक अलमुताइरीले खेलपछि भने, ‘हामीले राम्रो खेल्यौँ। हामीले भारतलाई सुरुमा दबाबमा राख्यौँ तर त्यहाँ सिर्जना भएका अवसरलाई सदुपयोग गर्न सकेनौँ। तर म भन्छु- हामीले सकेसम्म दियौँ।’
नेपाल-भारत मैत्रीपूर्ण फुटबल हेर्न गृहमन्त्री बालकृष्ण खाँड दशरथ रंगशाला पुगेका छन्। खेल सुरु हुनुभन्दा केही समयअघि मन्त्री खाँड रंगशाला प्रवेश गरेका हुन्।
नेपाल फुलकन्ट्याक्ट कराते महासंघले खेलाडीहरूलाई सम्मान गर्नका लागि क्योकुसिन कराते प्रशिक्षक रामजीप्रसाद वज्राचार्यको स्मृतिमा कोष खडा गर्ने तयारी गरेको छ।
मूलपानी तेक्वान्दो डोजाङका भिजन तामाङले १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताको पुरुष एकल १२-१४ वर्षमा स्वर्ण जितेका छन्।
नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेतर्फ स्वर्ण विजेता कमल श्रेष्ठले १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।