मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • बल नियन्त्रणमा पछि परे पनि बोलोगन्याको पोस्टमा इन्टर मिलानको ६ गोल

बल नियन्त्रणमा पछि परे पनि बोलोगन्याको पोस्टमा इन्टर मिलानको ६ गोल

इटालियन शीर्ष डिभिजनको फुटबल लिग सिरी ए मा जित निकाल्ने क्रममा साविक विजेता इन्टर मिलानले बोलोगन्याको पोस्टमा ६ गोल गरेको छ।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

काठमाडौं– इटालियन शीर्ष डिभिजनको फुटबल लिग सिरी ए मा जित निकाल्ने क्रममा साविक विजेता इन्टर मिलानले बोलोगन्याको पोस्टमा ६ गोल गरेको छ।

४५ प्रतिसत समय मात्र बलमा नियन्त्रण बनाउन सकेको मिलानले पहिलो हाफमा तीन र दोस्रो हाफमा तीन गोल गरेको हो। र, बोलोगन्याले ८६ औं मिनेटमा गोल फर्काएपछि खेल ६–१ गोलअन्तरको नतिजाले इन्टर मिलानको पोल्टामा परेको हो।

इन्टरको जितका लागि लाउटारो मार्टिनेजले छैटौं मिनेटमै अग्रता बनाएका थिए। ३०औं मिनेटमा मिलन स्क्रिनिरले र ३४औं मिनेटमा निकोलो ब्यारेलाले गोल गरेपछि पहिलो हाफमा इन्टर मिलान ३–० गोलले अघि रह्यो।

दोस्रो हाफको ६३औं र ६८औं मिनेटमा इडिन जेकोले गोल गरे भने त्यसअघि ५४औं मिनेटमा माथिस वेसिनोले गोल गरेका थिए। यससँगै ६–० गोलको अग्रता बनाएको इन्टरले ६–१ गोलको जित निकाल्यो।

जितसँगै चार खेलबाट १० अंक बनाएको मिलान सिरीएको शीर्षस्थानमा छ। पराजित बोलोगन्या भने ७ अंकका साथ आठौं स्थानमा छ।

प्रकाशित: Sep 19, 2021| 08:06 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।