सोमबार, माघ ५, २०८२

विश्व च्याम्पियन्सिप बक्सिङ छनोट सुरु

आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि खुला छनोट प्रतियोगिता शुक्रबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

काठमाडौं- आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि खुला छनोट प्रतियोगिता शुक्रबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ।

National life

नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा ५ स्पर्धामा ३२ खेलाडीको सहभागिता रहेको आयोजक संघका प्रवक्ता श्याम अवालेले जनाएका छन्। ५ स्पर्धा समावेश भएपनि खेलाडी संख्या भने पछि छनोट समितिले निर्धारण गर्ने जनाइएको छ। विश्व च्याम्पियनसिप सर्बियाको बेलग्रेडमा अक्टोबर २५ देखि नोभेम्बर ६ सम्म हुनेछ।

पहिलो दिन पुरुष ६७ केजीमा नक्सालका अश्विन धिरज श्रेष्ठले नक्सालकै एबल थापालाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरे। त्यस्तै ५७ केजीमा एपीएफ क्लबका पुरन राईले एचटुओका बुद्ध ग्यालमो लामा, दाङका निसम घर्ती मगरले नेपाल प्रहरीका शम्भु राजवंशी, बक्समान्डुका सरोज महर्जनले नेपाल आर्मीका सुदिप श्रेष्ठ र आर्मीका पुरन सुनवारले अल्फाका रेमन पुनलाई हराउदै सेमिफाइनलमा स्थान पक्का गरे।

छनोट सोमबारसम्म चल्ने छ। प्रतियोगिताअन्तर्गत शनिबारका खेलहरु अपरान्ह २ः३० बजेदेखि सुरु हुने छन्।

प्रकाशित: Sep 17, 2021| 21:28 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।