मंगलबार, असार २३, २०८३

रविन र प्रदीप विश्व बक्सिङ च्याम्पियनसिप छनोटको फाइनलमा

एचटुओका रविन थापा र एपीएफका प्रदीप महर्जन आइबार हुने पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

काठमाडौं- एचटुओका रविन थापा र एपीएफका प्रदीप महर्जन आइबार हुने पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

नेपाल बक्सिङ संघद्वारा शनिबार आयोजित प्रतियोगिताको ५१ केजीमा रविनले नेपाल प्रहरीका चन्द्र थापा मगर तथा प्रदीपले अल्फाका विशेष बुढा मगरलाई पराजित गरेका हुन्।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भइरहेको प्रतियोगिताको ५७ केजीमा एपीएफका पुरन राईले दाङका निसम घर्ती मगर तथा बक्समान्डुका सरोज महर्जनले नेपाल आर्मीका पुरन सुनवारलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका छन्।

६३ केजीमा प्रहरीका भूपेन्द्र थापा मगरले नक्सालका आयुशमान चटौतबाट वाकओभर पाउँदै भीपीपीकेआरका पवन गुरुङसँग फाइनल भेट पक्का गरे। अर्को सेमिफाइनलमा पवनले एपीएफका झलक रोकायालाई पन्छाएका थिए।

७१ केजीमा एपीएफका विकास लामाले नक्सालका यमराज चौलागाईं तथा आर्मीका दीपेश लामाले एचटुओका विजय बाटालाई पाखा लगाउँदै फाइनलमा पुगे।

ललितपुरका सनिल शाहीले नक्सालका अश्विन धीरज श्रेष्ठलाई निराश पार्दै ६७ केजीको सेमिफाइनलमा स्थान पक्का गरे।

प्रकाशित: Sep 19, 2021| 06:34 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।