मंगलबार, असार २३, २०८३

बराबरीमा रोकियो सिटी, आर्सनलको संघर्षपूर्ण जित

साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग (ईपीएल) मा साउथह्याम्टनसँग गोलरहित बराबरीमा रोकिएको छ।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

काठमाडौं– साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग (ईपीएल) मा साउथह्याम्टनसँग गोलरहित बराबरीमा रोकिएको छ।

सिटीको घरेलु मैदान म्यानचेस्टर रंगशालामा शनिबार राति सम्पन्न खेलमा सिटीले साउथह्याम्टनसँग बराबरी खेलेको हो।

खेल अवधिभर ६४ प्रतिसत समय बलमा पकड बनाउँदै विपक्षीको पोस्टतर्फ १६ प्रहार गरे पनि सिटीले गोल गर्न सकेन। साउथह्याम्टनले गरेको १० प्रहारमा पनि बलले जाली चुम्न सकेन।

यससँगै दुवै टिमले समान १–१ अंक बाँडे। यो बराबरीसँगै सिटीले पाँच खेलबाट १० अंक बनाएको छ। त्यस्तै, शीर्षस्थानमा रहेको लिभरपुलेको १३ अंक छ।



पराजित साउथह्याम्टन भने चार अंकका साथ १५औं स्थानमा छ। शनिबार रातिकै अर्को खेलमा आर्सनलले सिजनमा दोस्रो जित निकालेको छ। सुरुआति लगातार तीन खेलमा हार बेहोरेको आर्सनलले पछिल्ला दुई खेलमा जित निकालेको हो।

शनिबारको जितका लागि मार्टिन ओडेगार्डले खेलको ३०औं मिनेटमा गोल गरेका थिए। यससँगै आर्सनलले बर्नलीलाई १–० गोलले हराएको हो। यो जितसँगै ६ अंक जोडेको आर्सनल तालिकाको १३औं स्थानमा छ। पराजित बर्नली पुछारबाट दोस्रो स्थानमा छ।

ईपीएलमा आजका खेल

एस्टन भिल्ला र एभर्टन

ब्राइटोन र लेस्टर सिटी

वेस्ट हाम र म्यानचेस्टर युनाइटेड

टोटेनहम र चेल्सी

प्रकाशित: Sep 19, 2021| 08:01 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।