मंगलबार, असार २३, २०८३

त्रिदेशीय सिरिजमा नेपाल आज अमेरिकासँग भिड्दै

ओमनमा जारी नेपाल–ओमन–अमेरिका सिरिज अन्तर्गत आज शुक्रबार नेपालले अमेरिकासँग खेल्दैछ। ओमनको अल अमरेत मैदानमा अपराह्न सवा चार बजेबाट सुरु हुने खेलमा नेपाल र अमेरिका भिड्न लागेका हुन्।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

काठमाडौं– ओमनमा जारी नेपाल–ओमन–अमेरिका सिरिज अन्तर्गत आज शुक्रबार नेपालले अमेरिकासँग खेल्दैछ। ओमनको अल अमरेत मैदानमा अपराह्न सवा चार बजेबाट सुरु हुने खेलमा नेपाल र अमेरिका भिड्न लागेका हुन्।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको यो चौथो खेल हो। यसअघि ओमन, नेपाल र अमेरिकाले एक आपासमा एकएक खेल खेलिसकेका छन्। जसमा ओमनले दुई जित निकालेको छ भने नेपालले एक जित निकालेको छ।

अमेरिकाविरुद्धको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो। यता दोस्रो खेलमा नेपाल अमेरिकासँग पाँच विकेटले नै हारेको थियो।

त्यस्तै, तेस्रो खेलमा ओमनले अमेरिकालाई चार विकेटले हराएको थियो। आज नेपालले अमेरिकासँग दोस्रो प्रतिस्पर्धा गर्न लागेको हो।

आज नेपाली टिम जितको लक्ष्यका साथ मैदान उत्रने छ। नेपालले अमेरिकालाई पछिल्लो तीन खेलमै हराएको छ। त्यसैले नेपाल जितको लय कामय राख्न चाहन्छ।

यता अमेरिका नेपालविरुद्ध जित निकाल्दै पछिल्लो हारको बदला लिन चाहन्छ। 

नेपाल अहिले ६ अंकका साथ छैटौं स्थानमा छ। आजको खेलमा नेपालले जित निकाल्न सने नेपाल सात खेलमा ८ अंक बनाउँदै दुई स्थानसम्म माथि उक्लन सक्नेछ। नेपालभन्दा माथि यूएई छ भने चौथो स्थानमा नामिबिया छ।

नामिबियाको ८ अंक छ। र, उसको नेट रन रेट नेपालको भन्दा थोरै छ। नेपालले जित निकाल्न सकेमा नेपाल चौथो स्थानसम्म पुग्नेछ।

यता अमेरिका भने १२ अंकका साथ दोस्रो स्थानमा छ। त्यस्तै शीर्षस्थानमा रहेको ओमनको २० अंक छ।

९ अंक भएको स्कटल्यान्ड तेस्रो स्थानमा छ

प्रकाशित: Sep 17, 2021| 12:50 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।