मंगलबार, असार २३, २०८३

क्यानद्वारा १० जना प्रादेशिक प्रशिक्षक नियुक्त

नेपाल क्रिकेट संघ (क्यान) ले १० जना प्रादेशिक प्रशिक्षक नियुक्त गरेको छ। क्यानले शनिबार सूचना जारी गर्दै प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो।
 |  शनिबार, असोज २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २, २०७८

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले १० जना प्रादेशिक प्रशिक्षक नियुक्त गरेको छ। क्यानले शनिबार सूचना जारी गर्दै प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो।

क्यानले प्रदेश नम्बर १ को प्रशिक्षकका रुपमा पुष्प थापालाई नियुक्त गरेको छ भने प्रदेश २ को प्रशिक्षकका प्रकाश शर्मा र सुनिल के साहलाई नियुक्त गरेको छ।

बागमती प्रदेशको प्रशिक्षकमा सञ्जय महर्जन नियुक्त भएका छन् भने गण्डकीका प्रशिक्षकका रुपमा रिजन प्रजोलाई क्यानले नियुक्त गरेको छ।

त्यस्तै, वसन्त साही र ममिल ए अन्सारी लुम्बिनीको प्रशिक्षक बन्ने भएका छन् भने विरेन्द्र साहीले कर्णाली प्रदेशको जिम्मा पाएका छन्। 

सुदूरपश्चिम प्रदेशको प्रादेशिक प्रशिक्षकको जिम्मा भने खेम राज भट्ट र जानकी भट्टले पाएका छन्।


प्रकाशित: Sep 18, 2021| 18:07 शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।