मंगलबार, असार २३, २०८३

नेपालका 'भरपर्दा' ब्याट्सम्यान आशिफ, कुशल र रोहित आउट

ओमनमा जारी नेपाल, ओमन अमेरिका सिरिजअन्तर्गत आजको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले तस्रो विकेट पनि गुमाएको छ।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

काठमाडौं– ओमनमा जारी नेपाल, ओमन अमेरिका सिरिजअन्तर्गत शुक्रबारको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले तस्रो विकेट पनि गुमाएको छ।

यसक्रममा नेपालले भरपर्दा ब्याट्स्मेन आशिफ शेख, कुशल भुर्तेल र रोहित कुमार पौडेल आउट भएका छन्।

ओपनिङमा आएका शेखले तीन रन बनाए। उनले बाउन्ड्री प्रहार गर्ने क्रममा करिमा गोरेले उनको प्रहारको बल क्याच गरेका थिए।

त्यस्तै, ४३ बलमा ३६ रन प्रहार गरेका कुशललाई गोरेले एलबीडब्यू धरापमा पारे।

त्यसपछि मैदान प्रवेश गरेका रोहित पनि दुई रन बनाउँदै आउट भए। १४ ओभर सकिँदा नेपालले ६३ रन बनाएको छ।

अको वर्ष भारतमा हुने आईसीसी एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गतको लिग २ को जारी त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकाले दोस्रो खेल खेलिरहेका हुन्।

पहिलो खेलमा नेपालल अमेरिकालाई ५ विकेटले हराएको थियो। आज नेपाली युवा बलर गुल्सन झाले पनि डेब्यू गरेका छन्।

प्रकाशित: Sep 17, 2021| 17:34 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।