मंगलबार, असार २३, २०८३

फिलिपिन्ससँग नेपाल २–१ गोलले पराजित

एएफसी एसियन कप छनोट अन्तर्गत क्वालिफायर राउन्ड अन्तर्गत पहिलो खेलमा नेपालले फिलिपिन्ससँग हार बेहोरेको छ।
 |  शनिबार, असोज २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २, २०७८

काठमाडौं– एएफसी एसियन कप छनोट अन्तर्गत क्वालिफायर राउन्ड अन्तर्गत पहिलो खेलमा नेपालले फिलिपिन्ससँग हार बेहोरेको छ। विमला चौधरीले नेपालको लागि अग्रता दिलाए पनि नेपालले दोस्रो हाफको अन्तिम समयमा दुई गोल बेहोरेको थियो।

पहिलो हाफमा विमलाले गोल गरेपछि नेपालले पहिलो खेलमा फिलिपिन्सलाई १–० गोलले पछि पारेको थियो।  खेलको १० औं मिनेटमा फरवार्ड चौधरीले सविता राना मगरको क्रसमा हेडमार्फत गोल गरेकी थिइन्। त्यो गोलसँगै पहिलो हाफमा नेपाल एक गोलले अघि रह्यो।

तर दोस्रो हाफको ९० औं र इन्ज्युरी समयमा फिलिपिन्सले दुई गोल फर्कायो। फिलिपिन्सका लागि तहनई अन्निस र कामिला विल्सनले समान १–१ गोल गरे। उज्वेकिस्तानको तास्केन्तमा नेपाल र फिलिपिन्सले समूह एफको पहिलो खेल खेलेका थिए। यो जितसँगै समूह एफमा फिलिपिन्सले तीन अंक जोडेको छ।

अब दोस्रो खेलमा नेपालले असोज ५ गते हङकङविरुद्ध खेल्नेछ। समूह एफ अन्तर्गत नेपाल, फिलिपिन्स र हङकङ छन्। जसमध्ये पहिलो खेलमा नेपालले फिलिपिन्ससँग खेलेको हो। क्वालिफायर राउन्डको समूह विजेताले अर्को वर्ष भारतमा हुने एएफसी एसियन महिला कप फुटबल खेल्ने पाउनेछ।


प्रकाशित: Sep 18, 2021| 17:49 शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।