सोमबार, माघ ५, २०८२

एक छक्का र दुई चौका हान्दै डेब्यूमा गुल्सनले बनाए २८ रन

प्रशिक्षक डेभ वाटमोले उनलाई शुक्रबार ओमनस्थित आमरेत मैदानमा अमेरिकाविरुद्धको खेलमा मौका दिएका थिए।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

काठमाडौं– एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकाविरुद्ध डेब्यू गरेका युवा क्रिकेटर गुल्सन झाले २८ रन बनाएका छन्। छैटौं नम्बरमा मैदानमा प्रवेश गरेका उनले ५२ बलमा एक छक्का र दुई चौकाको सहयोगमा २८ रन बनाएका हुन्।

National life

प्रशिक्षक डेभ वाटमोले उनलाई शुक्रबार ओमनस्थित आमरेत मैदानमा अमेरिकाविरुद्धको खेलमा मौका दिएका थिए।

गुल्सनले पछिल्लो समयमा नेपालमा भएको मेयर कपमा राष्ट्रिय प्रतियोगिता खेल्दै नेपाली क्रिकेटमा आफ्नो पहिचान बनाएका थिए।

को हुन् गुल्सन ?
क्रिकेटर गुल्सन परिवारका जेठा छोरा हुन्। उनका बुवा अखिलेश झा र आमा अन्जुदेवी हुन् भने गुल्सनका बहिनी र भाइ छन्। गुल्सनका पितालाई इँटाभट्टाको कामले व्यस्त बनाउँछ। आमा भने घर सम्हाल्छिन्।

खेलकुदका लागि परिवारको राम्रो साथ पाएका गुल्सनले कक्षा ८ पछि क्रिकेटमा होमिए। ‘सानैबाट क्रिकेटका सौखिन भएकाले धेरै पढाइभन्दा बढी चासो क्रिकेटकै छ। कक्षा ८ पढेर स्कुल छोडेँ,’ उनले केही समय अघि नेपाल समयसँगको कुराकानीमा भनेका थिए।

Laxmi sunrise bank
kumari

त्यसछि नै उनी छिमेकी देश भारतमा क्रिकेट सिक्न गए। त्यहाँ उनले रन्जी ट्रफी खेलिसकेकाहरूबाट २०१७ यता क्रिकेट सिके।

उनी पछिल्लो समय पीएम कपको छनोट खेल नेपाल आएका थिए। तर पीएम कप खेल्ने प्रदेशको २ को टिममा उनी परेनन्। प्रधानमन्त्री कपमा प्रदेश २ को छनोटकर्ताको आँखाअघि नपरेका उनले नेक्सस क्रिकेट एकेडेमीमा भने स्कलरसिप पाए। दुई हप्ता त्यतै अभ्यास गरेर पुलिसको लागि ट्रायल दिँदा पहिलो नजरमै प्रशिक्षक माधवले उनलाई टिममा लिने भए। 

पछि विभागीय टिम पुलिसले नै सम्पर्क गरेर उनी पुलिसको टिममा पुगे।

त्यसपछि मेयर कपको फाइनल खेलेका उनले त्यो खेलमा चार विकेट लिएर पुलिसलाई उपाधि दिलाएका थिए।

फाइनलको प्रदर्शनपछि उनलाई लिएर टिमको धारणा फेरिएको थियो। त्यतिबेलै उनले क्रिकेट क्षेत्रमा मानिसहरुले नोटिस गर्ने गरी उनले प्रदर्शन गरिसकेका थिए।

उनी क्रिकेटबाहेक फुटबल खेलमा पनि रुचि राख्छन्। फुटबल हेर्न पनि रुचाउँछन्।

प्रकाशित: Sep 17, 2021| 19:24 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।