काठमाडौं– ओमनमा जारी नेपाल, ओमन अमेरिका सिरिजअन्तर्गत शुक्रबारको खेलमा नेपालले टस हारेको छ। अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।
नेपाल र अमेरिकाको एक दिवसीय खेल शुक्रबार सवा ४ बजेबाट सुरु हुँदैछ। अको वर्ष भारतमा हुने आईसीसी एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गतको लिग २ को जारी त्रिकोणात्मक सिरिजमा नेपाल र अमेरिकाले दोस्रो खेल खेल्न लागेका हुन्। पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो।
शुक्रबार नेपाली युवा बलर गुल्सन झाले पनि डेब्यु गर्ने भएका छन्। यसअघि टिममा परेका विक्रम शोबलाई आउट गर्दै गुल्सनले टिममा स्थान बनाएका हुन्। उनले पछिल्लो समय नेपालमै भएको मेयर कप एक दिवसीय क्रिकेटमा नेपाल पुलिसको टिमबाट पहिलोपटक राष्ट्रिय प्रतियोगिता खेलेका थिए। त्यहाँ उनले उत्कृष्ट प्रदर्शन गरेपछि उनी राष्ट्रिय टिममा परेका हुन्।