मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • त्रिकोणात्मक सिरिज : नेपालले पहिलो ब्याटिङ गर्ने, गुल्सनले डेब्यु गर्दै

त्रिकोणात्मक सिरिज : नेपालले पहिलो ब्याटिङ गर्ने, गुल्सनले डेब्यु गर्दै

ओमनमा जारी नेपाल, ओमन अमेरिका सिरिजअन्तर्गत शुक्रबारको खेलमा नेपालले टस हारेको छ।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

काठमाडौं– ओमनमा जारी नेपाल, ओमन अमेरिका सिरिजअन्तर्गत शुक्रबारको खेलमा नेपालले टस हारेको छ। अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।

नेपाल र अमेरिकाको एक दिवसीय खेल शुक्रबार सवा ४ बजेबाट सुरु हुँदैछ। अको वर्ष भारतमा हुने आईसीसी एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गतको लिग २ को जारी त्रिकोणात्मक सिरिजमा नेपाल र अमेरिकाले दोस्रो खेल खेल्न लागेका हुन्। पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो। 

शुक्रबार नेपाली युवा बलर गुल्सन झाले पनि डेब्यु गर्ने भएका छन्। यसअघि टिममा परेका विक्रम शोबलाई आउट गर्दै गुल्सनले टिममा स्थान बनाएका हुन्। उनले पछिल्लो समय नेपालमै भएको मेयर कप एक दिवसीय क्रिकेटमा नेपाल पुलिसको टिमबाट पहिलोपटक राष्ट्रिय प्रतियोगिता खेलेका थिए। त्यहाँ उनले उत्कृष्ट प्रदर्शन गरेपछि उनी राष्ट्रिय टिममा परेका हुन्।


प्रकाशित: Sep 17, 2021| 15:49 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।