मंगलबार, असार २३, २०८३

मल्लको अर्धशतकमा अमेरिकालाई १७५ रनको लक्ष्य

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ले अर्धशतकीय योगदान गरे। उनले १०५ बलमा ५५ रन बनाए। तर यसअघि नै नेपालका भरपर्दा ब्याटस्म्यान आशिफ शेख, कुशल भुर्तेल र रोहित कुमार पौडेल आउट भएका थिए।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

काठमाडौं- ओमनमा जारी नेपाल-ओमन-अमेरिका त्रिदेशीय सिरिजअन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १७५ रनको लक्ष्य दिएको छ।  ओमनको अल अमरेत मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर १७४ रन बनाएको हो।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ले अर्धशतकीय योगदान गरे। उनले १०५ बलमा ५५ रन बनाए। तर यसअघि नै नेपालका भरपर्दा ब्याटस्म्यान आशिफ शेख, कुशल भुर्तेल र रोहित कुमार पौडेल आउट भएका थिए।

ओपनिङमा आएका शेखले तीन रन बनाए। उनले बाउन्ड्री प्रहार गर्ने क्रममा करिमा गोरेले उनको प्रहारको बल क्याच गरेका थिए।

त्यस्तै, ४३ बलमा ३६ रन प्रहार गरेका कुशललाई गोरेले धरापमा पारे। कुशल र ज्ञानेन्द्रले ५१ रनको साझोदारी गरे।

कुशलपछि मैदान प्रवेश गरेका रोहित पनि दुई रन बनाउँदै आउट भए। १४ ओभर सकिँदा नेपालले ६३ रन बनाएको छ। एक दिवसीय क्रिकेटमा अमेरिकाविरुद्ध डेब्यू गरेका युवा क्रिकेटर गुल्सन झाले २८ रन बनाएका छन।

छैटौं नम्बरमा मैदानमा प्रवेश गरेका उनले ५२ बलमा एक छक्का र दुई चौकाको सहयोगमा २८ रन बनाएका हुन्। नेपालका लागि करण केसीले १२ र सन्दिप लामिछानेले ११ रन बनाए।

बलिङतफै अमेरिकाका कप्तान सौरभ नेत्राभल्करले चार विकेट लिए भने केलिय फिलिपले तीन विकेट लिए। त्यस्तै, करिमा गोरे, एल्मोर हुचिन्सन र नोस्थुस केन्जिगेले समान १–१ विकेट गिराए।

अर्को वर्ष भारतमा हुने आईसीसी एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गतको लिग २ को जारी त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकाले दोस्रो खेल खेलिरहेका हुन्। पहिलो खेलमा नेपालल अमेरिकालाई ५ विकेटले हराएको थियो।

नेपालले आजको खेलमा जित निकाल्न सके नेपालले दुई स्थान सुधार गर्नेछ। अहिले नेपाल पुछारबाट दोस्रो अर्थात् छैटौं स्थानमा छ। ओमन शीर्षस्थानमा छ भने अमेरिका दोस्रो स्थानमा छ।

प्रकाशित: Sep 17, 2021| 19:45 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।