मंगलबार, असार २३, २०८३

एसियन कप छनोटः नेपाली टिमलाई क्षमता देखाउने अवसर

नेपाली महिला फुटबल टिमले भोलि शनिबार अपराह्न पौने चार बजे एएफसी एसियन कप क्वालिफिकेसन अन्तर्गतको क्वालिफायर राउन्डमा फिलिपिन्ससँग खेल्दैछ।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

काठमाडौं– नेपाली महिला फुटबल टिमले भोलि शनिबार अपराह्न पौने चार बजे एएफसी एसियन कप क्वालिफिकेसन अन्तर्गतको क्वालिफायर राउन्डमा फिलिपिन्ससँग खेल्दैछ। छनोट खेलमा जित निकाल्दै नेपाली टिम राम्रो सुरुआत गर्न चाहन्छ। त्यसका लागि नेपाली टिम अहिले आयोजक उज्वेकिस्ताकनको तास्केन्द पुगेको छ।

खेलका लागि नेपाली टिमले बिहीबार पहिलो अभ्यास गरेको थियो। कोभिड–१९ महामारीको कारण खेलाडी होटल क्षेत्रमा मात्र बस्नेछन्।

त्यस्तै, उज्वेकिस्तानको फुटबल संघले म्याच कन्फरेन्स लगायतका आधिकारिक भेटघाट भर्चुअल्ली गर्ने बताएको छ।

अब पहिलो खेलमा नेपाली टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले नेपालको लागि यो खेल अवसर रहेको बताएका छन्। ‘नेपाली महिला फुटबलको लागि यो एउटा अवसर हो, महिला फुटबल प्रबर्धनको लागि मात्र होइन, आफ्नो खेल र क्षमता देखाउने अवसर पनि हो यो,’ उनले भने।

उनले थपे, ‘नयाँ र युवा खेलाडीको सहभागिताले टोलीमा नयाँ उर्जा थपिएको छ। हामी राम्रो खेल प्रदर्शन गर्नेमा विश्वस्त छौं।’ नेपालले सन् १९९९ पछि पहिलो पटक एसियन कप छनोट खेल्न लागेको हो। त्यसैले जित निकाल्न सके अर्को वर्ष भारतमा हुने एएफसी एसियन कप खेल्न पाउने छ।

समूह एफमा नेपालसँगै फिलिपिन्स र हङकङ छन्। फिलिपिन्स महिला फुटबल टिमका मुख्य प्रशिक्षक मार्लोन मारोले टिमका महत्वपूर्ण सदस्य टिममा नरहेको बताएका छन्।

मारोले भने, ‘कोभिड–१९ का कारण धेरै टोलीहरुलाई कठिनाइ भएको छ। हाम्रा पनि धेरै खेलाडी व्यावसायिक खेलका लागि जापान, अमेरिका लगायत देशमा रहेकाले टोलीमा सम्मिलित हुन सकेनन्। तथापि पर्याप्त अनुभव भएका युवा खेलाडीहरु  भएकोले हामी राम्रो खेल प्रदर्शन गर्नेछौं।’

त्यस्तै, नेपालले सेप्टेम्बर २१  मा हङकङसँग खेल्नेछ। हङकङका प्रशिक्षक जोस रिकार्डो राम्बोले कोभिड महामारीको बाबजुद राम्रो अभ्यास भएको बताएका छन्। उनले भने, ‘कोभिडको समयमा पनि हामीले अभ्यासलाई निरन्तरता दिएका छौं। तयारी पनि राम्रो भएको छ। बहुसंख्यक खेलाडी एकेडेमीकै भए पनि हाम्रो टोली बलियो छ।’

उज्बेकिस्तान एफए र आयोजक एएफसीले कोभिड–१९ को महामारीलाई प्राथमिकतामा राख्दै उच्च सतर्कता अपनाएका छन्। सहभागी टोलीका सबै सदस्यहरुको नियमित पीसीआर परिक्षणको व्यवस्था गरिएको छ भने औपचारिक बैठक, आवतजावतका क्रियाकलापलाई न्यूनीकरण गरिएको छ।

नेपाली टिममा सबैको पहिलो पीसीआर रिपोर्ट नेगेटिभ आएको छ भने दोस्रो टेस्ट आज गरिँदै छ।

कोभिडकै कारण खेल हेर्न दर्शक आउन पाउने छैनन्। 


प्रकाशित: Sep 17, 2021| 13:24 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।