मंगलबार, असार २३, २०८३

ईपीएल : लिभरपुको जितमा मानेको १००औं गोल

सेनेगल राष्ट्रिय फुटबल टिमका फरवार्ड साडियो मानेले इंग्लिस प्रिमियर लिग (ईपीएल) मा सय गोल पुरा गरेका छन्।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

काठमाडौं– सेनेगल राष्ट्रिय फुटबल टिमका फरवार्ड साडियो मानेले इंग्लिस प्रिमियर लिग (ईपीएल) मा सय गोल पुरा गरेका छन्।

उनले शनिबार राति क्रिस्टल प्यालेसलाई घरेलु मैदान एनफिल्डमा हराउने क्रममा गोल गर्दै प्रिमियर लिगमा १०० गोल पुरा गरेका हुन्।

इजिप्टियन फरवार्ड मोहम्मद सलाहले १०० गोल पुर्याएलगत्तै मानेले पनि आफ्नो सय गोल पुरा गरेका हुन्।

माने, सलाह र नाबी केइटाको गोलसँगै शनिबार रातिको खेलमा लिभरपुलले क्रिस्टललाई ३–० गोलले हराएको छ। पहिलो हाफमा गोल हुनुपूर्व प्रशिक्षक योर्गेन क्लोपले रणनीतिमा केही परिवर्तन गरेपछि लिभपरपुलले ४३ औं मिनेटमा मानेको गोलबाट अग्रता बनाएको थियो।

यता खेलको लगभग अन्तिम ११ मिनेटमा लिभरपुलले दुई गोल थपेको थियो। सलाहले ७८औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए भने केइटाले निर्धारित समयको एक मिनेटअघि गोल गरे।

यो जितसँगै अहिले लिभरपुल इंग्लिस प्रिमियर लिगको अंक तालिकाको शीर्षस्थानमा छ। उसले पाँच खेलबाट १३ अंक जोडेको छ। उसले पाँचमध्ये एक खेलमा बराबरी गरेको छ भने अन्य खेलमा जित निकालेको छ।

यता १० अंक बनाएको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ भने युनाइटेड र चेल्सी क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

प्रकाशित: Sep 19, 2021| 07:32 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।