काठमाडौं- वडा १० को ‘ए’ टिम र वडा ४ ले नवौं कीर्तिपुर नगरव्यापी अन्तर वडा पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन्।
पुरुषतर्फ वडा १० तथा महिलातर्फको उपाधि वडा ४ ले जितेका हुन्। कीर्तिपुर बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा वडा १० ले वडा ८ लाई ८३–७१ ले पराजित गर्यो।
कीर्तिपुरको नयाँबजारस्थित कभर्डहलमा भएको महिलाको उपाधि भिडन्तमा वडा ४ ले वडा ६ लाई ४९–३१ ले हरायो। विजयी टिमका लागि मुना महर्जनले २३ अंक जोडिन्।
विजेतालाई कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, आयोजक संघका अध्यक्ष विकु महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।