भारतमा कोरोना सङ्क्रमित अत्यधिक बनेपछि अक्सिजन अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ। दिल्ली सरकारले बैंककबाट अक्सिजनको १८ ट्याङ्कर आयात गर्ने निर्णय गरेको हो।
मंगलबार राष्ट्र बैंकको ६६औँ वार्षिकोत्सवमा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले हालसम्म १ खर्ब ४२ अर्ब १७ करोड रुपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत भएको बताए।
काठमाडौं रेजर्सविरुद्ध आक्रामक सुरुवात गरेको धनगढी फुटबल क्लबले जारी नेपाल सुपर लिग (एनएसएल)मा जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न मंगलबारको खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३-० गोलले हराएको हो।
‘विगतको लकडाउनमा जस्तै नागरिकलाई घरभित्र राखेसँगै सरकारले आफ्नो दायित्व नभुलोस् भन्नेतर्फ सचेत गराउँदै हामी सरकारलाई निम्न सुझाव तत्काल कार्यान्वयनका लागि आग्रह गर्दछौँ,’ पार्टी प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
निषेध आदेश लागू भएको अधविमा औषधोपचार र अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न नपाइने भएको छ। यो अवधिमा अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका सवारी साधन चलाउन पनि पाइने...
स्याउ जोन कार्यालय डोल्पाका कार्यालय प्रमुख हस्मुला खाँ २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खाँ मंगलबार दिउँसो पक्राउ गरेको हो।
'२०७८ वैशाख १५ गतेदेखि वैशाख मसान्तसम्म सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरूको दर्ता र सुनुवाइ गर्ने। सो बाहेकका अन्य कामकारबाही...
कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी यसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले देशभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।
‘निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि १ करोड ६१ लाख ३० हजार रुपैयाँ बजेट निकासाका लागि अर्थ मन्त्रालयमा लेखी पठाउने निर्णय भएको’ आयोगले जानकारी दिएको हो। आयोगले वैशाख १४ गते नै ...
‘सूचना प्रवाहको दायित्व पूरा गरिरहेका सञ्चारमाध्यम र पत्रकारलाई इन्टरनेट, टेलिफोन, विद्युत जस्ता अत्यावश्यक साधनमा आवश्यक सहुलियत दिन महासंघ सरकारसँग माग गर्दछ।’
पहिले भन्दा अहिलेको संक्रमण झनै संक्रामक र जोखिमयुक्त देखिएकाले बालकदेखि वृद्धसम्म सजग हुनुपर्ने देखिन्छ। यसले भारतमा लिइरहेको भयावह रुप नलिओस् भन्नका लागि हामी सबै आआफ्नो स्थानबाट सजग र सतर्क रहौं।’