शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माओवादीले सबै तहका कमिटीमा २० प्रतिशत युवालाई स्थान दिने

माओवादीले सबै तहका कमिटीमा २० प्रतिशत युवालाई स्थान दिने

नेकपा माओवादी केन्द्रले पार्टीलाई अझै समावेशी बनाउन विधान संशोधन गर्ने निर्णय गरेको छ। 
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

काठमाडौं– नेकपा माओवादी केन्द्रले पार्टीलाई अझै समावेशी बनाउन विधान संशोधन गर्ने निर्णय गरेको छ। 

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले पार्टीको केन्द्रदेखि वडा तह समावेशी बनाउने निर्णय गरेको हो।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रदेखि वडा, टोलसम्मकै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने निर्णय गरेको जानकारी दिए। यसको प्रक्रिया तुरुन्तै सुरु गर्ने निर्णय गरिएको उनले बताए।

‘केन्द्रीय कमिटीमा उत्पीडित दलितबाट कम्तीमा १५ प्रतिशत प्रतिनिधित्व गराउने र प्रदेश, जिल्ला र पालिकामा हाल रहेको संख्यामा २ प्रतिशत थप्ने निर्णय भएको छ। पार्टीका सबै समितिमा ४० वर्षसम्मका युवालाई कम्तीमा २० प्रतिशत सहभागी गराउने पनि निर्णय भएको छ,’ श्रेष्ठले भने।

यसैगरी केन्द्र, प्रदेश र पालिकाका कमिटीमा एक जना पदाधिकारी महिला राख्ने निर्णय पनि माओवादीले गरेको छ।

आजको बैठकले कोरोना महामारीसँग जुध्न सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको प्रवक्ता श्रेष्ठले बताए। कोरोना नियन्त्रणका लागि सरकारले चाल्नुपर्ने कदमका बारेमा पनि पार्टीले विभिन्न सुझाव दिएको छ। महामारीसँग जुध्न पार्टीले पनि आफ्नो भूमिका खेल्ने उनले बताए। 

प्रकाशित: Apr 27, 2021| 13:16 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।